घिरिङका जन्मजात ओठ, जिब्रो र तालु फाटेका बिरामीलाई निः शुल्क प्लाष्टिक सर्जरी उपचार

अन्जान परियार
  • ख-
  • ख+

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाका जन्मजात ओठ तथा जिब्रो फाटेका र तालुमा प्वाल भएका बिरामीका लागि निःशुल्क प्लाष्टिक सर्जरी सहितको उपचार हुने भएको छ। सेवा फाउण्डेशन र बयोधा हस्पिटल काठमाडौँको टोलीले घिरिङ गाउँपालिकाको समन्वयमा बिहीबार सुन्धारा स्वास्थ्य चौकीमा बिरामी छनोट शिविर सम्पन्न गरेको हो।
शिविर बाट घिरिङका दुई जना बिरामी छनोट भएका छन्। उनीहरूलाई बयोधा हस्पिटल काठमाडौँमा निःशुल्क शल्यक्रिया सहित उपचार गरिने घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए।
कार्यक्रमको उद्घाटन वडा नम्बर ३ का वडा अध्यक्ष तहल सिंह थापाको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष राधादेवी अधिकारीको प्रमुख आतिथ्यतामा गरिएको थियो।
शुभारम्भ कार्यक्रममा बोल्दै उपाध्यक्ष अधिकारीले कुनै पनि बिरामी आर्थिक अभावका कारण उपचारविहीन हुनु नपर्ने उल्लेख गर्दै गाउँपालिका सँग समन्वय गर्न सबैलाई आग्रह गरिन्। साथै यस्ता निःशुल्क स्वास्थ्य शिविरहरूमा अनिवार्य स्वास्थ्य परीक्षण गराउन पनि अपिल गरिन्।
शिविरमा वडा नम्बर ५ का अध्यक्ष विष्णुवीर आले, वडा नम्बर ४ का अध्यक्ष भीम बहादुर कुमाल, स्वास्थ्यकर्मीहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?