तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. १० डिहीगाउँमा साउन २२ गते बिहिवार निःशुल्क स्वास्थ्य स्वास्थ्य शिविर हुने भएको छ । डिहिगाउँ तमु समाजको आयोजनामा हुन लागेको शिविरमा सुगर, प्रेसर, दन्त् परिक्षण लगायत अन्य रोगहरुको पनि परिक्षण हुने भएको छ । डिहिगाउँ तमु समाजको सातौं स्थापना दिवसको अवसरमा आयोजना गर्न लागगिएको उक्त शिविर डिहिगाउँमा रहेको समाजको भवनमा बिहान ७ बजेदेखि दिनको २ बजेसम्म हुनेछ । उक्त स्वास्थ्य शिविर निःशुल्क आयोजना गरिएको र शिविरमा दक्ष चिकित्सकहरुले स्वास्थ्य परिक्षण गर्ने भएकोले सहभागि हुन डिहिगाउँ तमु समाजले सबैलाई आग्रह गरेको छ ।








