तनहुँ । तनहुँको आँबुखैरेनीगाउँपालिका वडा नं. १ को समस्तिपुरमा लागु पदार्थ रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । दिन पिस हेवन पुनर्स्थापना केन्द्र, बरादी सँगको सहकार्यमा जिल्ला तनहुँ, आँबुखैरेनी गाउँपालिका वडा नं. १ समस्तिपुरको श्री चन्द्रोदय माध्यमिक विद्यालयमा उक्त सचेतना कार्यक्रम भएको हो । कार्याक्रममा आँबुखैरेनी गाउँपालिका वडा नं. १ का अध्यक्ष प्रेम बहादुर गुरुङ,, ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका कार्यालय प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी लगायत अन्य स्थानीय जनप्रतिनिधिहरू, पिस हेवन पुनर्स्थापना केन्द्रका प्रतिनिधी, विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ूलागु पदार्थ रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रमू भएको थियो।








