काठमाडौं । सशस्त्र प्रहरीका विभिन्न दर्जामा रिक्त ७७अधिकृत बढुवा सिफारिस भएका छन् ।
त्यसमध्ये एसएसपीमा ६, एसपी २२, प्राविधिक एसपी १ र डीएसपीमा ४८ जनालाई सोमबार बढुवा सिफारिस गरिएको हो ।
एसएसपी बढुवा सिफारिसमा दोस्रो ब्याचको पहिलो चरणमा एसपी बढुवा हुनेहरु छन् । एसपी सिफारिस हुनेमा तेस्रो ब्याचका छन् । त्यही ब्याचका वैकल्पिक समूहका र चौथो ब्याचबाट ज्येष्ठताका आधारमा बढुवा सिफारिस भएका छन् । डीएसपी बढुवा सिफारिस हुनेमा ९ औं ब्याचका छ्न् ।
सशस्त्र मुख्यालयले बढुवाका लागि असार ३२ गते सूचना जारी गरेको थियो ।
एसएसपी बढुवा सिफारिस हुनेमा ध्रुवबहादुर कार्की, जनक पुरी, यादव विश्वकर्मा, टोप बहादुर खनाल, अशोककुमार बम, वीरेन्द्रबहादुर ऐर छन् ।
एसपी सिफारिस हुनेमा नरदीपकुमार बस्नेत, रामकृष्ण महर्जन, श्याम रावत, वसन्तबहादुर सिंह, श्यामकुमार कार्की, गेहेन्द्रबहादुर भण्डारी, लक्ष्मण थापा मगर, भीमबहादुर विष्ट, नवराज वोहरा, सुरेश गैरे, कृष्णबहादुर विष्ट, अम्विकाप्रसाद जोशी, अमर बहादुर खत्री, विशाल सिल्वाल, बासुदेव महत, भीमबहादुर चन्द, श्रीराम कुंवर, श्याममणि ढकाल, गोविन्दबहादुर खाती छन् ।
त्यस्तै यदुकुमार कार्की, देवबहादुर बोहरा, दिनेशकुमार बस्नेत पनि एसपी बढुवा सिफारिस भएका छन् ।















