अविनाश पन्थको अभियानद्वारा ३० बालबालिकालाई शैक्षिक सामग्री वितरण

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । सामाजिक अभियन्ता अविनाश पन्थको नेतृत्वमा सञ्चालित ‘अभियान’ ले व्यास नगरपालिका वडा नंं १२ मा रहेको श्री मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत ३० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।
बालबालिकाको शिक्षामा टेवा पुर्‍याउने उद्देश्यले पन्थको अभियानले कापी, कलम, प्रदान गरेको अभियन्ता अविनाश पन्थले जानकारी दिएका छन् । अभियानले लामो समयदेखि बिशेष गरेर व्यास नगरपालिका क्षेत्रमा शिक्षा र सामाजिक सचेतनामा निरन्तर काम गरिरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?