तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नंं –२ जामुनेको न्यु भिजन युथ क्लवले खुल्ला तिज गीत तथा नृत्य प्रतियोगिता आयोजना गर्नेभएको छ।
प्रत्येक वर्ष तिज प्रतियोगिता, फुटबल प्रतियोगिता लगायतका सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरू गर्दै आएको जामुनेको क्लबले आगामी भाद्र १० र ११ गते १३ औँ खुल्ला तिज गीत तथा नृत्य प्रतियोगिता आयोजना गर्न लागेको हो । सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएको यस क्लवले भर्खरै ४ लाख ७५ हजार रुपैयाँ खर्चमा जामुनेकै राधा मा.वि. परिसरमा मा सरस्वती मन्दिर निर्माण सम्पन्न गरेको उपाध्यक्ष अमिर श्रेष्ठले जानकारी दिएका छन् ।








