सप्तरीमा मदिरा तस्कर र प्रहरीबीच झडप, प्रहरीको गोली लागेर एकजनाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

जनकपुरधाम । सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरमा मदिरा भारत तस्करी गर्ने समूह र प्रहरीबीच भएको झडप छ । सो क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो।
मदिरा तस्करी भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीको टोली कमलपुर पुगेपछि तस्कर समूहले आक्रमण गरेको थियो । प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएको बुझिएको छ।
प्रहरीले चलाएको गोली लागेर घाइते यादवको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले पुष्टि गरे । उनका अनुसार यादवको तिघ्रामा गोली लागेको थियो । उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भयो ।
प्रहरी प्रवक्ता बस्नेतले तस्कर समूहको ढुंगामुढाले एक प्रहरी पनि घाइते भएका छन् । प्रहरीले गोली चलाएपछि तस्करहरूले केही कार्टुन मदिरा छाडेर भागेका थिए । सो मदिरा बरामद भएको छ ।

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?