रक्सी खाएर हल्ला गरेको भन्दै छिमेकीहरूले रुखमा बाँधेका वृद्धको मृत्यु, छाेरासहित ४ जना पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

विराटनगर । झापा गाउँपालिकामा अत्यधिक मात्रामा मदिरा खाएर होहल्ला गरेको भन्दै छिमेकीले रुखमा बाँधेर राखेको अवस्थामा एक वृद्धको मृत्यु भएको छ ।
रक्सी खाएर गाँउभरी हल्ला गर्दै हिँडेको भन्दै झापा गाउँपालिका-१ का जतन सोरेनलाई छिमेकीले लसुनामा आँपको रुखमा बाँधेका थिए ।
प्रहरीका अनुसार छिमेकी महादेव टुडुको घर छेउ पुगेर जतनले काम्दै हो-हल्ला गरेपछि महादेवसहित स्थानीयले घर छेउमा रहेको आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर छाडेका थिए । बुधबार बिहान करिब ४ बजे उठेर हेर्दा उनी मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार घटनामा संलग्न आरोपमा मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, सोही स्थानका ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु, २१ वर्षीय लखिराम टुडुलाई पक्राउ गरिएको छ ।

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?