प्रहरीमा एक एसपी र डीएसपी बढुवा सिफारिस, पाँचपटक छुटेका थापा एसपी सिफारिस

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेपाल प्रहरीका एसपी नवीनकृष्ण भण्डारीको अवकाशलगत्तै रिक्त दरबन्दीमा डीएसपी वीरेन्द्र थापा बढुवा सिफारिस भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिले बुधवार गरेको निर्णय अनुसार थापा एसपी बढुवा सिफारिस भएका हुन् । त्यस्तै डीएसपीमा रिक्त एक पदमा बढुवाका लागि इन्स्पेक्टर राजु अधिकारी सिफारिस भएका छन् ।
यी दुवै वरियतामा अगाडि भएर पनि यसअघिका बढुवामा छुटेका थिए । २०६१ मा इन्स्पेक्टर भर्ना भएका थापा यसअघिका पाँचवटा बढुवामा छुटेका थिए । उनका व्याची सबै एसपी भइसकेका छन् ।

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?