रास्वपाले नेपाल भारत सम्बन्धमा नेपालको उर्जा तथा जलश्रोतको भुमिका बिषयमा नीति सम्वाद कार्यक्रम गर्दै

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल भारत सम्बन्धमा नेपालको उर्जा तथा जलश्रोतको भुमिका बिषयमा नीति सम्वाद कार्यक्रम गर्न गईरहेको छ । रास्वपाको केन्द्रीय उर्जा तथा जलश्रोत विभाग र अन्तर्राष्ट्रिय सम्बन्ध विभागको आयोजनामा साउन २३ गते शुक्रवार उक्त सम्वाद कार्यक्रम आयोजना गर्न लागिएको हो । काठमाण्डौंको भृकुटीमण्डपको नेपाल पर्यटन बोर्डमा बिहान ७ः ३० बजेबाट शुरु हुने कार्यक्रममा नेपाली कांग्रेसका नेता एन् पि साउद, नेकपा एमालेका नेता अग्नि खरेल, नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत, रास्वपाका नेता डा. स्वर्णिम वाग्ले र शिशिर खनाल, पुर्व राजदुतद्धय डा. जयराज आचार्य र बिजय कान्त कर्ण, प्रा. डा. ज्ञानेन्द्रमान शाक्य, ई. अनुपकुमार उपाध्याय लगायतका विज्ञहरुको सहभागिता रहने रास्वपाको केन्द्रीय उर्जा तथा जलश्रोत विभागका प्रमुख ईन्जिनियर श्रीराम न्यौपानेले बताएका छन् । विज्ञ तथा विभिन्न पार्टीका नेताहरुका साथ गरिने सम्वाद कार्यक्रमबाट नेपाल भारत सम्बन्धमा नेपालको उर्जा तथा जलश्रोतको भुमिकाका बारेमा गहन विचार बिमर्श गर्ने अवसर प्राप्त भएको र यस्ले रास्वपाले आफ्ना उर्जा तथा जलश्रोतका बारेमा कार्यक्रमहरु बनाउन सघाउ पुग्ने ई न्यौपानेले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?