तनहुँ । महर्षि बेदव्यासको पवित्र जन्मभुमी व्यास नगरपालिकामा प्रवेश गर्ने व्यक्तिहरुलाई स्वागत तथा यस पवित्र भुमिबाट विदाई हुनेका लागि धन्यवाद ज्ञापन गरिएको बोर्ड व्यास नगरपालिकाका दुवै सिमानामा राखिएको छ । वेदव्यास बैदिक धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानले उक्त स्वागत तथा विदाई बोर्ड आज गण्डकी प्रदेशका सांसद माननिय अशोककुमार श्रेष्ठ र व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने सम्युक्त रुपमा स्थापना गरेका छन् । व्यासको जन्मुभुमी चिनाउनका लागि सबै लाग्नुपर्नेमा दमौलीकै वेदव्यास बैदिक धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानले बोर्ड निर्माण गरि व्यास नगरपालिकाको सिमानामा राखेकोमा आफुहरु हर्षित भएको सांसद श्रेष्ठ र मेयर न्यौपानेले बताएका थिए । उत्तः अवसरमा वेदव्यास बैदिक धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानका संरक्षक ध्यानाचार्य जयश्रीहरि खेमराजले वेदव्यासलाई अझै देश विदेशमा चिनाउनका लागि आफु सदा लागिरहने बताएका थिए । उक्त बोर्ड व्यास नगरपालिकाको सिमाना पुर्व तर्फ व्यास १२ र बन् दीपुर गाउँपालिका वडा नं. १ को सिमाना र पशिचमतर्फ व्यास ५ म्याग्दे गाउँपालिका वडा नं. १ को सिमानामा राखिएको छ ।








