काठमाडौं । भारतको दिल्लीबाट ४० जना नेपालीको उद्धार गरिएको छ ।
विदेशमा काम लगाइदिने भन्दै गैरकानुनी रुपमा त्यहाँ पुर्याइएका उनीहरुलाई उद्धार गरिएको हो ।
उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, साउदी, ओमान र दुबइलगायतका खाडी मुलुकहरूमा लैजान लागिएको खुलेको छ ।
उनीहरूला नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ले उद्धार गरेको हो ।
उनीहरूलाई आज काठमाडौं ल्याइँदैछ ।
अनलाईन खबर








