१० शाखा अधिकृतको सरुवा, ७ जनालाई प्रमुख प्रशासकीयको जिम्मेवारी

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना शाखा अधिकृतको सरुवा गरेको छ ।
मन्त्रालयको शुक्रबारको निर्णय अनुसार १० जना शाखा अधिकृतको सरुवा हुदाँ ७ जनालाई भने विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
जसमा कुलराज पौडेललाई रघुगंगा गाउँपालिका म्याग्दी, चेतनारायण भण्डारीलाई जलजला गाउँपालिका पर्वत, राजिवकुमार झालाई बरियापट्टी गाउँपालिका सिरहा, लालवावु यादवलाई नरहा गाउँपालिका सिरहाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खटाइएको छ ।
यस्तै दिलकुमार लिम्बुलाई सन्दकपुर गाउँपालिका ईलाम, रामप्रसाद शर्मालाई कैशाल गाउँपालिका मकवानपुर, एकनारायण भण्डारीलाई खनियावास गाउँपालिका धादिङमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको हो । उनीहरुलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ अनुसार कामकाजमा खटाइएको हो ।
नरहा गाउँपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत शिवेन्द्रकुमार मण्डललाई जिल्ला समन्वय समितिको कार्यालय धनुषामा, कैशाल गाउँपालिका मकवानपुरका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा र खनियावास गाउँपालिका धादिङका प्रमुख प्रशासकीय अधिकृत छोईसाङ तामाङलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?