काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिवहरूको व्यापक रूपमा जिम्मेवारी हेरफेर गरेको छ । शुक्रबार मन्त्रिस्तरीय निर्णयअनुसार विभिन्न निकायमा कार्यरत सहसचिव र अन्य कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको छ ।
मन्त्रालय र अन्तर्गतका निकायहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो सरुवा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालय वा अन्तर्गतका निकायमा कार्यरत १२ जना कर्मचारीहरूको सरुवा गरिएको छ। सरुवा हुनेमा सहसचिव, महानिर्देशक, उपमहानिर्देशक, प्रमुख भन्सार प्रशासक, र प्रमुख कर प्रशासक रहेका छन् ।
कसको कहाँ भयो सरुवा ?
अर्थ मन्त्रालय वा अन्तर्गत सहसचिवको रूपमा कार्यरत सुमन दाहाललाई अर्थ मन्त्रालयमा नै बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी दिइएको छ ।
यस्तै, अर्थ मन्त्रालय वा अन्तर्गत नै सहसचिव रहेका टेक प्रसाद पाण्डेलाई योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखामा पदस्थापन गरिएको छ ।
भन्सार विभागका महानिर्देशक महेश भट्टराई लाई अर्थ मन्त्रालयमा आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी दिइएको छ ।
अर्थ मन्त्रालयमा सहसचिव रहेका श्याम प्रसाद भण्डारीलाई भन्सार विभागको महानिर्देशक बनाइएको छ ।
अर्थ मन्त्रालय वा अन्तर्गत सहसचिव रहेका टोकनाथ लम्साललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको जिम्मेवारी दिइएको छ ।
अर्थ मन्त्रालय वा अन्तर्गत नै सहसचिव रहेका भरत मणी पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेलाई महालेखा नियन्त्रक कार्यालयमा सहमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ ।
ठुला करदाता कार्यालयका प्रमुख कर प्रशासक रमेश अर्याललाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ ।
भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मालाई पनि आन्तरिक राजस्व विभागमा नै उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिलिप कुमार गौतमलाई ठुला करदाता कार्यालयको प्रमुख कर प्रशासक बनाइएको छ ।
आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पदम कुमार श्रेष्ठलाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी दिइएको छ ।
महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक विष्णु प्रसाद ज्ञवालीलाई वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको रूपमा सरुवा गरिएको छ ।








