युवालाई नेतृत्व सुम्पनुपर्ने नेकपा एमालेका स्थानिय नेता तथा कार्यकर्ताको भनाइ

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी एमालले युवाहरुलाई नेतृत्व सुम्पनुपर्ने नेकपा एमाले तनहुँका स्थानिय युवा नेता कविराज श्रेष्ठले बताएका छन् । उन्ले कूल जनसंख्याको ४०.३५ प्रतिशत युवा रहेकोले युवाहरुलाई नेतृत्व सुम्पेर ६० बर्ष मथिका नेताहरु निष्क्रिय राजनीतिमा आउनुपर्ने बताएका छन् । उन्ले यो भनाई आफ्नो मात्र नभई आफुले भेटेका तमामा स्थानिय नेता तथा कार्यकर्ताको रहेको बताएका छन् ।
प्रस्तुत छ कविराज श्रेष्ठको भनाई

नेकपा एमाले अनि जबजलाई सहि मुल्यांकन गर्ने हो भने ८४ को चुनावी अभियानमा उम्मेद्बारी दिने कमरेड ज्युहरुको उमेरहद ६० मुनिका अनि त्यो माथी पनि पटकपटक प्रयोगमा आई सक्नुहुने आदरणीय कमरेड ज्युहरुलाई पनि राजनीति कमाई खाने थलो होइनन् भनेर निष्क्रिय राजनीतिमा आउनुपर्ने हुन्छ ६० माथिका राजनीतिमा मौका पाएका आदरणीय कमरेड ज्युहरुलाई पार्टी संचालन र सल्लाह सुझाव राजनीति गुरु अनुमोदित गर्दै अब नेपालकै अवस्था हेर्नेहो भने युवाको जनसंख्या कूल जनसंख्याको ४०.३५ प्रतिशत रहेको छ । जनसंख्या तथा प्रतिनिधित्वको हिसाबले पनि युुवाको नेतृत्व हुनु सामाजिक न्यायको सिद्धान्तसँग मेल खाने देखिन्छ विश्वमा पनि धेरै देशको नेतृत्व युवाहरुले गरेको देखिन्छ ।

युवाको नेतृत्व नै किन ?
युवा जीवनको सबभन्दा गतिशिल र उर्जाशील उमेर समूह हो युवामा सपना९ख्ष्कष्यल० रहेको हुन्छ जसलाई पुरा गर्ने आँट र हिम्मत उसँग रहेको हुन्छ उ सूचना प्रविधिसँग जोडिएको हुन्छ जसले विश्वका नवीनतम् प्रविधि र अनुकरणीय अभ्यास आत्मसात गर्न सक्छ पुरानो पुस्तामा Change Resist गर्ने प्रवृत्तिका कारण यथास्थितिबादी चिन्तन हावी हुन्छ तर युवामा परिवर्तनकारी सोच हुन्छ युवा गतिशिल (Dynamic) र लचकदार (Flexible) हुन्छ जसका कारण उत्पन्न परिस्थितिसँग जुध्न र आँफूलाई तत्काल समायोजन गर्न सक्छ राज्यले सबैभन्दा अपेक्षा गरेक वर्ग पनि युवा हो राज्यले न त वृद्धवृद्धासँग अपेक्षा राख्छ न त बालबालिकासँग न विश्वमा धेरै देशको नेतृत्व युवाले गरेको देखिन्छ । यसबाट हामीले पनि सिक्ने कि ?अव सोंच्ने बेला भयो भन्ने जनमत बलियो बन्दै गएको प्रतीत हुन्छ यसका लागि आवश्यक परेमा हस्तक्षेपकारी कदम चाल्नुपर्ने पनि हुनसक्छ किनकी विगतका प्रवृत्ति र परंपरालाई हेर्दा पुरानो पुस्ताले नयाँ पुस्तामा सहज रुपमा अवसर र भूमिका सहितको नेतृत्व हस्तान्तरण गर्ला जस्तो लाग्दैन अतः नेपालले पनि नयाँ ढंगले सोचेर नयाँ पुस्ता (युवा) लाई विश्वास गरी नेतृत्व सुम्पेर क्रमभंगता गर्ने हो कि ? यसो भएमा मात्रै आधुनिक नेपाल तथा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय संकल्प पुरा हुन सक्छ । यसका लागि उठौं युवा – जागौं युवा – आँफ्नो क्षमता र प्रतिभा देखाउँ युवा – मौका यहि हो । जय युवा अभिवादन लालसलाम । तनहुँ ऋषिगंका कबिराज श्रेष्ठ नेकपा एमाले संगठित सदस्य साथै स्थानिय युवा नेता हुन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?