नारी दिवसको अवसरमा टिम नेपो तनहूँले गर्यो आमाहरुलाई सम्मान

  • ख-
  • ख+

तनहूँ । १११औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सामाजिक कार्यहरुमा सक्रिय संस्था टिम नेपो तनहूँले २० जना महिलाहरुलाई सम्मान गरेको छ । उक्त अवसरमा संस्थाका अध्यक्ष गोविन्द तिमल्सेना, सचिब मिन कुवर, कोषाध्यक्ष रबि अधिकारी, कार्यक्रम संयोजक सन्तोष मगर, सम्पादक रमेश नेपालीले आमाहरुलाई पछेउरा ओढाएर सम्मान गर्नुभएको थियो । उक्त अवसरमा सम्मानित महिलाहरुले खुशी हुदै आफ्ना छोराछोरी जस्ताले पछेउरा ओढाएर गर्दा आर्शिवाद दिन मन लागेको बताउनुभएको थियो ।
आर्थिकरुपमा विपन्न सडकमा मजदुर गरेर बस्ने महिला श्रमिकगर्ने आमाहरुलाई सम्मान गर्न पाँउदा खुशी लागेको उक्त संस्थाका अध्यक्ष गोविन्द तिमल्सेनाले बताउनुभएको थियो ।
आमाहरुलाई पछ्याउरा ओढाएर सम्मान गरेको छ । उक्त अवसरमा संस्थाकी सकृय सदस्य पर्मिला गुरुगंले नारि दिवसको अवसरमा सडकमा श्रम गरेर छोरा छोरिको भबिस्य बनाईदिने आमाहरुहरुलाई सम्मान गर्न पाउदा आफु खुसि मिलेको बताउनु भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्