तनहुँ । नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र ब्यास नगर समितिको बैठक दमौलीमा सम्पन्न भएको छ । माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं तनहुँ जिल्लाका ईन्चार्ज । आशा कोईरालाको प्रमुख आतिथ्यतामा भएको उक्त बैठकमा माओबादी केन्द्र ब्यास नगर समिति सचिवलय र १४ वटै वडाको अध्यक्षहरुको उपस्थिति रहेको थियो । नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र ब्यास नगर समिति गोपाल सुर्खालीको अध्यक्षता भएको बैठकमा नेकपा माओवादी केन्द्रका तनहुँ जिल्ला संयोजक सुर्य बहादुर गौली ू पारास ूको पनि उपस्थिति रहेको थियो ।








