४३ मेगावाटको अप्पर मादी-० जलविद्युत आयोजनाको ३५ % सुरुगं  खन्ने काम सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नंं १ मा निर्माणाधिन अप्पर मादी-० जलविद्युत आयोजनाको सुरुगं खन्ने काम ३५% सम्पन्नभएको छ । बाँध र ट्रान्समिसन लाइन बाहेक सवस्टेसन सहितका सबै संरचना भुमिगत अर्थात् नदीको दायाँ पट्टीको कडा चट्टान सहितको पहाड भित्र निर्माण गर्न लागिएको को उक्त जलविद्याुत आयोजनामा ७ महिनामा झण्डै २४०० मिटर अर्थात ३५% सुरुङ खनिएको छ। सबै संरचना भुमिगत भएकोले वातावरणमा न्युन असर पर्ने तथा संरचनालाई बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपबाट सुरक्षित राख्ने गरि निर्माण भएको उक्त आयोजना २ बर्षभित्र सक्नेगरि निर्माण कार्य भईहरको आयोजनाका निर्देशक ई. श्रीराम न्यौपानेले जानकारी दिएका छन् । नेपालकै पहिलो खानेपानी आयोजना मेलम्ची खानेपानीमा सुरुगं र र पहिलो सुरुङमार्ग नागढुङ्गा सुरुङमार्गमा सुरुगं निर्माण गरेको मेगाटेक हाइड्रो एण्ड इन्फ्रास्टक्चर प्रा लि.ले निर्माण गरिरहेको अप्पर मादी-० जलविद्युत आयोजनामा सुरुङ निर्माण गर्न आवश्यक ड्रिल एण्ड व्लाष्ट प्रविधिको युरोपबाट आयातित अत्याधुनिक मेसिन उपकरण को प्रयोग भइरहेको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?