लियो क्लब अफ तनहुँले खुवायो बृद्ध आश्रममा तिजको दर

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । लियो क्लब अफ तनहुँले नारीहरूको पर्व हरितालिका तीजको अवसरमा दर खुवाउने कार्यक्रम आयोजना गरेको छ। क्लबले व्यास ५ को राष्ट्रिय परोपकार महासंघ नेपालद्वारा सञ्चालित जेष्ठ नागरिक चौतारी आश्रममा दर खुवाउने कार्यक्रम आयोजना गरेको हो । क्लबका अध्यक्ष लियो रोबिन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी लायन श्रीभद्र खनालले तीजजस्ता पर्वहरूले समाजमा आपसी सद्भाव, मिलन र संस्कृतिको संरक्षणमा ठूलो योगदान गर्ने र लियो क्लब अफ तनहुँले हाल समाजमा आएका विसंगति विरुद्ध लाग्नुका साथै पम्परागत दर खुवाउने कार्यक्रम गरेको बताए। उनले लियो क्लबका युवाहरूले सामाजिक उत्तरदायित्वबोधका साथ यस्ता कार्यक्रम सञ्चालन गर्नु सराहनीय काम गरेको बताए।
क्लबका अध्यक्ष श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै क्लबले यस्ता सामाजिक र सांस्कृतिक गतिविधि निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?