तनहुँ । इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँमा ट्राफिक सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रममा इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँका कार्यालय प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले प्रहरी कर्मचारीहरुको लापरवाहीबाट हुन सक्ने सवारी दुर्घटनालाई न्यूनिकरण गर्नका लागि कार्यालय तथा मातहत प्रहरी इकाईमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।उक्त अवसरमा सुवेदीले सवारी साधन चलाउदा तथा सडकमा खटिँदा अपनाउनु पर्ने सावधानी, सवारी दुर्घटना न्युनिकरणका लागि आवश्यक सतर्कता तथा जिम्मेवार ढंगले ट्राफिक व्यवस्थापन गर्ने सम्बन्धमा प्रशिक्षण तथा निर्देशन प्रदान पनि गरेका थिए ।








