मुग्लिङ पुलजिपमा लागु औषध सहित व्यास १२ घाँसीकुवाका सन्तोष र स्याङ्गजाका विनोद पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । मुग्लिङ पुलजिपमा लागु औषध सहित तनहुँ जिल्ला  व्यास नगरपालिका वडा नं १२ घाँसीकुवाका सन्तोष बि.क. र स्याङ्गजा जिल्ला वालिङ्ग नगरपालिका वडा नं ७ बस्ने करिब२२ को बिनोद सुनार पक्राउ परेका छन् । भदौ ११ गते बिहान करिब ६ः१५बजेको समयमा तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ४  बेनिटार स्थित पृथ्वी राजमार्ग सडकखण्डमा अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँको चेकीङ टोलीले सवारी साधन तथा शंकास्पद मानिसहरुलाई चेकजाँच गर्ने क्रममा सन्तोष र विनोदलाई पक्राउ गरेको हो । बिरगञ्जबाट पोखरा बाग्लुङ्ग तर्फ जाँदै गरेको ग।२ ख।००८९ नं। को यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा सन्तोस र विनोदले फाईबरको सपिङ्ग झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam- ४७ एम्पुल, Phenergan- ४७ एम्पुल, Buprenorphine- ४७ एम्पुल गरी जम्मा १४१ एम्पुल नियन्त्रित सहित निजहरुलाई नियन्त्रणमा लिई इ. प्र. का आबुँखैरेनी तनहुँमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?