अभियान्ता श्रेष्ठ सहित क्यान्सर विजेता प्रतियोगीहरु अभिनन्दित

  • ख-
  • ख+

ललितपुर । टिकटक,कविता लेखन तथा वाचन प्रतियोगिताका विजयी क्यान्सर जितेका महिलाहरुलाई १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सोमबार ललितपुरको झम्सिखेलमा एक कार्यक्रमको आयोजना गरि पुरस्कृत एवम् सम्मानित गरियो । नेपाल क्यान्सर सहयोग समूहको आयोजना तथा नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धि र उपचारका लागि सहयोगी हातहरुको सहयोगमा आयोजित ‘सुदिप्त क्यान्सर सभाईभर मिट—२१’ कार्यक्रममा सो समूहकी संयोजक स्वरुपा श्रेष्ठले विजयी महिलाहरुलाई पुरस्कार वितरण तथा सम्मान गर्नुभयो । कविता प्रतियोगीता तर्फ गंगा के. सी. प्रथम, श्रीजना लुइँटेल चापागाई द्वितीय, अनिता श्रेष्ठ र लिना नेम्कुल तृतीय, मीना तुलाधर चतुर्थ र गीता चित्रकार र लोकेश्वोरी शाक्यले सान्त्वना (पाचौ) स्थान हासिल गर्दै पुरस्कृत हुनुभयो भने सेलेब्रेटि पुरस्कारतर्फ चर्चित मोडेल डली गुरुङ , सुप्रसिद्द गायिका संगीता शाक्य र ज्येष्ठ नागरिक पुरस्कार ७४ बर्षिय ताराप्रसाद त्रिपाठीले प्राप्त गर्नुभयो ।
यसैगरि क्यान्सर बिजेता टिक टक च्यालेन्ज प्रतियोगितामा अनिता श्रेष्ठ प्रथम, गंगा के सि द्वितीय मीना तुलाधर तृतीय र पुनेय्स्वोरी कोजु महर्जनले चतुर्थ स्थान हासिल गर्दै पुरस्कृत हुनुभयो ।
श्रेष्ठले कविता प्रतियोगिताकी निर्णायक मण्डलका सदस्य कवयीत्री शान्ति शर्मा तथा कविता र टिकटक प्रतियोेगिताका निर्णायक मण्डलका अर्का सदस्य कवि दिपक यात्रीलाई पनि सम्मान गर्नुभयो ।
कार्यक्रममा निर्णायक मण्डलका सदस्यहरु कवयीत्री शान्ति शर्मा तथा दीपक यात्रीका साथै प्रतियोगितामा पहिलो भएकी गंगा केसीले कविता वाचन गर्नुभएको थियो ।
यसैगरी क्यान्सर विजेता सेलिब्रेटी डली गुरुङ्गले आफुले नेपाल क्यान्सर हस्पिटलको प्रांगणमा एउटा विजयी घण्टी सौजन्य स्वरुप दिएको र हरेक क्यान्सर बिरामीको उपचार पछि उहाँहरुले उक्त बिजयी घण्टी बजाई आफु क्यान्सरमुक्त भएको उद्घोष गर्दै उपचाररत अरु क्यान्सर विरामीको हौसला बढाईदिन पनि अनुरोध गर्नुभयो ।

कार्यक्रम माझ क्यान्सर विजेता इन्दिरा प्रधानाङ्गले नृत्य गर्नुका साथै योगा प्रशिक्षक सिमन न्यौपानेले हौसला र हाँसोको महत्वको बारेमा चर्चा गर्नुभयो क्यान्सर विजेता बबि शाक्य, तारा अमात्य र सुनिता तुलाधरले आआफ्नो अनुभव सुनाउनुभएको थियो ।

कार्यक्रममा क्यान्सर विजेताहरुले सँधै हौसला र प्रेरणा दिदै आउनुभएकी क्यान्सर सहयोग समूहकी संयोजक स्वरुपा श्रेष्ठलाई सो समूहकोे अभिभावकको भूमिका निर्वाह गरेकोमा दोसल्ला ओढाई अभिनन्दन गरिएको थियो ।
अभिन्दित भए लगत्तैश खुशी व्यक्त गर्दै श्रेष्ठले
क्यान्सर पिडितमा क्यान्सर लागेपछिको चिन्ता, त्यसमा पनि कोरोना महामारीको थप त्रासले यस्तो अवस्थामा क्यान्सर निको भएका र उपचाररत महिलाहरुलाई तनाव र निराशामुक्त राख्न कार्यक्रम अघि सारिएको बताउनुभयो । नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धि र नेपाल क्यान्सर सहयोग समूहले कोरोना महामारीको मध्य समय ताका यो जुक्ति निकालेको पनि उनले स्पस्ट पार्नुभयो ।
त्यस पस्चात समूहले क्यान्सरको उपचार गराईराखेका र उपचार सकेर निको भईसकेका महिलालाई कोरोनाको तनाव र निराशाबाट मुक्त राख्दै वहाँहरुको दैनिकी व्यस्त राख्न सामाजिक सञ्जालमा टिकटक, कविता लेखन तथा वाचन प्रतियोगिताको आयोजना गरिएको बारे पनि वहाँले प्रस्ट पार्नुभयो ।
संयोजक श्रेष्ठले टिकटक,कविता लेखन तथा वाचन प्रतियोगिताले कोरोना महामारीले समाजमा ल्याइदिएको निराशापनलाई र निरसतालाई निकै हदसम्म कम गरेको दाबी पेश गर्दै आफूभित्र रहेको जुनसुकै प्रतिभा टिकटकमा देखाएर कोरोना महामारीको अवधिभर आफूलाई प्रशन्न, स्वस्थ र व्यस्त राख्ने उद्धेश्यले नेपालमै पहिलोपटक यस्तो कार्यक्रम अघि सारिएको उल्लेख गर्नुभयो ।
‘हामी क्यान्सरको उपचार गराईराखेका र उपचारपछि निको भएका थुप्रै दिदीवहिनीलाई यस अवधिमा तनावमुक्त र व्यस्त राख्न चिन्तित थियौं, सोही अनूरुप हामीले पहिलोपल्ट यो कार्यक्रम गरेका हौं र सफल पनि भयौ’ क्यान्सर सर्भाइभरहरुकी अभिभावक एवम् नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरकी निर्देशक र नेपाल क्यान्सर सहयोग समूहकी संयोजक समेत रहेकी स्वरुपा श्रेष्ठले भन्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?