बालुवाटारमा ओलीको ‘निर्देशनात्मक’ ब्रिफिङः रवि लामिछानेदेखि विद्या भण्डारीसम्मलाई कडा सन्देश

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका केन्द्रीय सदस्यसहित बागमतीका नेता र विधान महाधिवेशन प्रतिनिधिलाई काठमाडौं बोलाएर केही निर्देशनात्मक प्रशिक्षण दिएका छन् ।
बुधबार साँझ बालुवाटार पुगेका नेताका अनुसार ओलीले आफू र पार्टीको निर्णयको पक्षमा उभिन भनेका थिए ।
जिल्ला कमिटी काठमाडौंका अध्यक्ष दीपक निरौलाले ओलीको भनाइको ४८ बुँदामा फेहरिस्त सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । नेता निरौलाका अनुसार ओलीले आफ्नो अधिकांश मन्तव्य पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र उनको पक्षमा उभिएका नेता लक्षित गरेका छन् ।
उनले २०५४ सालदेखिको पार्टी फुटको प्रसंग उप्काउँदै अनेक आरोह अवरोधबीच पार्टी अहिलेको अवस्थामा आएको बताए ।
केही नेताले पूर्वराष्ट्रपतिको फोटो राखेर धन्दा गरिरहेको उनको टिप्पणी थियो ।
उनले दोहोर्‍याए, ‘च्यासलले सदस्यता खायो भन्नुहुन्छ उहाँ । सदस्यता खाएको छैन । उहाँले पार्टीमा निवेदन दिनु भएको छैन । प्रक्रिया पनि मिलेन ।’
‘तपाईँ पार्टी चलाउन सक्नुहुन्न मलाई सहयोग गर्नु भन्नभयो । मैले भ्रममा नरहनु तपाईँसँग अनुभव छैन भने । चुनाव लड्ने त रु भन्नुभयो’, ओलीले भने, ‘राष्ट्रपति भएको व्यक्तिले अशोभनिए गतिविधि गर्नुभएन । पार्टीको पक्षमा नरहेकालाई भेला गर्दै हिँड्नुभएको छ । चक्रपथ अनलाइनमा मविरुद्ध जथाभावी लेखाउने काम भयो । पत्रकारले त पार्टी सदस्ता दिने हैन होला नि १’
एमालेमा आएर भण्डारी अध्यक्ष हुन असम्भव रहेको प्रष्ट्याउँदै ओलीले सबै नेता आ(आफ्नो योग्यताले यहाँसम्म आइपुगेको बताएका छन् । उनले भने, ‘तपाईंसँग एमाले हाँक्ने, अनुभव छैन भ्रममा नपर्नुस् भनेँ । उहाँले चुनावै लड्ने भन्नुभयो । एमालेमा चुनाव लड्नु पर्दैन भनेर जवाफ दिएँ ।’
आफूले जति सम्मान विद्यालाई अरुले नगरेको भन्दै अहिले म नै अपमानित हुनुपर्ने रु भन्दै उनले प्रश्न गरे । ‘घरिघरि त म सपनामा छु कि जस्तो लाग्छ । मैले जति उहाँलाई कसले साथ दिएको छ । उहाँले छाडे सबै मिल्छ । व्यक्ति ठूलो कुरा कुरा होइन, आन्दोलन बचाउनुपर्छ । विद्या भण्डारी हाम्रो सम्पत्ति हो’, ओलीको भनाइ थियो ।
जबज परिवारको सम्पत्ति नभएको भन्दै उनले जबज फाउण्डेशनले नबचाउने पनि बताए ।
सेन्टिमेन्टमा गएर नहुने भन्दै ओलीले ईश्वर पोखरेल, विनोद ढकाललगायतका नेताको नामै लिएर भण्डारीलाई कतिपयले उचाल्ने काम गरिरहेको बताएका छन् । उनले थपे, ‘अभागीलाई खाने बेलामा रिस उठ्छ । उहाँ कहाँ पुग्नुहुन्छ रु बाटो बिराएर हिँड्नुभएको छ । विनोद ढकाल ९औं महाधिवेशनमा मलाई सहयोग गर्ने प्रमुख पात्र नै हुन् । विधानबारे कर्णले गलत कुरा गरे ।’
ओलीले विधान महाधिवेशनमा आफूले सही विचार प्रस्तुत गर्ने भन्दै फरक मत कसैले राखिरहन नपर्ने पनि प्रष्ट पारेका छन् । ‘यो इतिहास हो । इतिहासको रूपमा आउँछ । यो नीतिको रूपमा आउँछ । एकदिन दस्ताबेज प्रस्तुत हुन्छ, एकदिन छलफल र अर्को दिन समापन,’ विधान महाधिवेशन एकताको अधिवेशन हुने भन्दै ओलीले भने, ‘अन्यथा गरे महाधिवेशनमा हिसाब किताब गरिन्छ ।’
उमेर हद र २ वर्षे कार्यकालको विषयमा ओलीले भने, ‘साथीहरूको आम चाहना र समयको माग र म स्वस्थ रहेको हुँदा कार्यकाल र ७० वर्ष आवश्यकता रहेन ।’
ओलीले बालुवाटार ब्रिफिङमा रवि लामिछानेदेखि राजेन्द्र लिङ्देनसम्मको पनि प्रसंग कोट्याए । उनले भने, ‘रवि लामिछानेलाई मैले बनाएको हो । राजेन्द्र लिङदेनले अब झापामा जितेको हौरौ न, हिजो पो हामीले सहयोग गरेका थियौं ।’
राष्ट्रियताबारे अडान दोहोर्‍याउँदै प्रधानमन्त्री ओलीले यसमा राजनीति नगर्ने बताएका छन् ।
एमाले काठमाडौं अध्यक्ष निरौलाका अनुसार ओलीले भनेका कुरा

 

नेपाल प्रेस

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?