तनहुँ । तनहुँको आँबुखैरेनीमा आँबुखैरेनीमा महिला सुरक्षा, आत्मरक्षा तथा अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको आयोजनामा भएको कार्यक्रममा महिला तथा किशोरीहरू दिनानुदिन विभिन्न प्रकारका सामाजिक, शारीरिक तथा साइबर हिंसाको जोखिममा परिरहेका वर्तमान परिवेशमा, तिनीहरूलाई सुरक्षा बारे सचेत गराउने, आत्मरक्षा गर्न सक्ने बनाउने र उनीहरूका मौलिक अधिकारबारे जानकारी गराईएको थियो । आँबुखैरेनी गाउँपालिका वडा नं. ३ को मर्स्याङ्दी बाल ज्योती आवासिय माध्यमिक विद्यालयमा कक्षा ७ देखि कक्षा ९ सम्ममा अध्ययनरत छात्राहरू लक्षित गरी गरिएको उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक टेक प्रसाद सुवेदी प्रहरी सहायक निरिक्षक धन बहादुर थापाले सहभागी विद्यार्थी छात्राहरुलाई आफ्नो व्यक्तिगत सुरक्षा सम्बन्धमा सचेत बनाउने, आत्मरक्षा गर्न सक्ने सीप र आत्मबल विकास गराउने, यौन तथा साइबर हिंसाबाट जोगिन आवश्यक सतर्कता र उपायबारे जानकारी दिनुका साथै, विधमान कानुनले महिलालाई दिएको संरक्षण र अधिकारबारे पनि अवगत गराएका थिए ।








