काठमाडौंको जडिबुटीमा स्कुटर दुर्घटना हुँदा दुई युवाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । काठमाडौंको जडिबुटीमा आज बिहान बससँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ ।
आज बिहान करिब पौने तीन बजेतिर जडिबुटीको आकासे पुल नजिकै रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा स्कुटर चालक पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाचँखाल–२ होक्से घर भएका २३ वर्षका नितेश नेपालको मृत्यु भएको हो ।
उनीहरूको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालक प्रहरी नियन्त्रणमा छन् ।

अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?