तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ३ चिसापानीका ३५ बर्षिय बिकास गुरुङको उपचारको लागि रकम अभाव भएको छ । कलेजोमा खरावी भई रक्तश्राव भएपश्चात चितवनमा उपचाररत गुरुङको औषधी उपचारका लागि रकमको अभाव भएको हो । आँबुखैरेनी बजारमा वर्कसपमा काम गर्ने गुरुङ केहि समय अगाडिदेखि चितवनमा उपचाररत रहेका छन् । विवाहित गुरुङको उपचारको लागि रकम अभाव भईरहेकोले उनको जिवन बचाउनका लागि आर्थिक सहयोग गरिदिनुहुन उन्की श्रीमतीले अपिल गरेकी छिन् साथै सामाजिक काममा सक्रिय रहेका आँबुखैरेनी बडा नं. ३ का वडा सदस्य मनोज कुमार श्रेष्ठले समन्वय गरिरहेका छ । बिकास गुरुङको उपभारको लागि सहयोग गर्न ईच्छुक महानुभावहरुले नम्बर ९८४६०२८२०४ मा सम्पर्क गर्नसक्नुहुनेछ ।








