कुवेतमा श्रीमान्‌को मृत्युको खबर सुनेपछि नेपालमा श्रीमतीको पनि ज्यान गयो

सर्वज्योति
  • ख-
  • ख+

युएई । कुवेतमा श्रीमानको मृत्यु भएको खबर सुनेर नेपालमा रहेकी श्रीमतीको समेत ज्यान गएको छ ।
वैदेशिक रोजगारीका लागि कुवेत पुगेका धनकुटा महालक्ष्मी नगरपालिका–१ कटहरेका ४३ वर्षीय डम्बर मगरको १० दिन अघि कुवेतमा ज्यान गएको थियो ।
कुवेतमा विषाक्त मदिरा सेवनका कारण १० दिनअघि मृत्यु भएका श्रीमानको मुत्युको खबर सुनेलगत्तै बेहोस भएकी उनकी पत्नी विद्याको पनि तीन दिनपछि मृत्यु भएको हो ।
श्रीमान श्रीमती दुवैको मृत्यु भएपछि उनीहरुको तीन छोरी (१७, १६ र २ वर्षीया) विचल्लीमा परेका छन्।
कमाउने सदस्य गुमेपछि परिवार आर्थिक संकटमा परेको छ। जेठी र माइली छोरी हाल कक्षा १२ र ११ मा अध्ययनरत छन् भने कान्छी मात्र दुई वर्षकी छिन्।
हाल छोरीहरुको पालनपोषण र पढाइका लागि स्थानीयस्तरमा सहयोग संकलन थालिएको छ। डम्बरको शव भने अझै कुवेतमै छ।
१० दिन पहिले कुवेतमा अवैध तथा विषाक्त मदिरा पिउँदा ४ जना नेपाली भाषी सहित १२ जना नेपालीको ज्यान गएको थियो । सो घटनामा
अन्य देशका गरी २३ जना आप्रवासी कामदारको मृत्यु भएको नेपाली दूतावासलाई उदृत गर्दै नेपाल पत्रकार महासंघ कुवेत शाखाले पुष्टि गरेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?