गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते ३ को अवस्था गम्भिर

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । गोरखाको भिमसेन थापा गाउँपालिका ३ तान्द्राङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
काठमाडौंबाट गोरखाको आरुघाटतर्फ जाँदै गरेकोे गण्डकी प्रदेश १–००६ ख ४१३१ नम्बरको बस तान्द्राङको टारिफाँटमा आज बिहान करिब साढे ५ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा बसमा सवार २२ मध्ये २१ जना घाइते भएका र तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?