रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले साइबर ब्युरोमा उजुरी दिँदै

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र नंं १ का सांसद डा. स्वर्णिम वाग्लेले प्रहरीको साइबर ब्युरोमा उजुरी दिन लागेका छन् ।
डा. वाग्लेको आवाज जस्तै सुनिने भिडियो क्लिप सामाजिक सञ्जालमा प्रसारित भएको छ । भारतीय व्यक्तिहरूसँग वाग्लेले संवाद गरेको जस्तै गरी भिडियो क्लिप बनाइएको छ।
उक्त आवाज डिप फेक भएको र त्यसविरुद्ध साइबर ब्युरोमा उपसभापति डा. वाग्लेले उजुरी दिन लागेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । डा. वाग्लेको आवाज जस्तै सुनिने भिडियो क्लिप सामाजिक सञ्जालमा बिशेषगरि तनहुँ वं देशभरका व्यक्तिहरुले सेयर गरेका छन् ।
उक्त फेक संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएकोले डा. वाग्ले साइबर ब्युरोमा उजुरी दिन लागेको रास्वपाका प्रवक्ता झाले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?