तनहुँ । नेपाल रेडक्रस सोसाईटी दुम्सिकोट उप शाखाको रक्तदान कार्यक्रम व्यास नगरपालिका वडा नंं १० डिहिगाउँमा सम्पन्न भएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा व्यास १० का अध्यक्ष खेमराज पोखरेल, नेपाल रेडक्रस सोसाईटी तनहुँ जिल्ला शाखाका सभापति प्रा. कृष्णप्रसाद गौतम, मन्त्री सूर्यचन्द्र हड्खले, रेडक्रसको नेतृत्वदायी भुमिकामा रहेका रेडक्रसकर्मीहरु रामदत्त पौडेल केशु गुरुगं, स्थानिय भद्र भद्रभलाद्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, आमा समुहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाईटीको ६३ औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १० जनाले रक्तदान गरेका थिए ।
उक्त उप शाखाका सभापति ईश्वर पौडेलको सभापतित्वमा भएको कार्यक्रममा शुभकामना मन्त्व्य व्यक्त गर्दै अतिथिहरुले रक्तदानको महत्व धेरै भएकोले रक्तदान गर्न आग्रह गरेका थिए ।








