सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा गोकुलको टिप्पणी: सरकारले नर्थ कोरिया पो बनाउने भएछ

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाले आफूले नियमन कानुन बनाउने भनेको बताएका छन्।
उनले फेशबुकमा लेखेका छन्, ‘नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले। तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ। विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन नि।’
सरकारले आजैबाट नेपालमा सूचीकरण नभएका फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पछि फेसबुकको कम्पनी मेटा सम्पर्कमा आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?