इन्टरनेट सेवा प्रदायक संघले भन्योः सामाजिक सञ्जाल भोलि साँझ मात्रै बन्द हुन्छ

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेपाल दूरसञ्‍चार प्राधिकरणले सूचीकरणमा नपरेका सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्दगर्न निर्देशन दिएपछि इन्टरनेट सेवा प्रदायक संघले भोलिसम्म समय लाग्‍ने बताएको छ ।
इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान) का अध्यक्ष सुधीर पराजुलीले सरकारले गरेको निर्णय र प्राधिकरणको आदेश पूर्ण रुपमा कार्यान्वयन गर्न भोलिसम्मको समय लाग्‍ने बताए ।
उनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘प्राधिकरणको परिपत्र आइएसपानको आधिकारिक इमेलमा आइसकेको छ। हामी सामाजिक सञ्जाललाई बन्द गर्न टेक्निकल कमिटी बनाउने तयारी गरेका छौं। यी सञ्जालहरूलाई पूर्ण रुपमा बन्द गर्न भोलि साँझसम्म लाग्न सक्छ। आजै त हुँदैन ।’
अध्यक्ष पराजुलीले सरकारलाई आफूहरूले सामाजिक सञ्जाललाई पूर्णरुपमा बन्द नभई नियमन गर्नेगरी सुझाव दिएको बताए ।
यसअघि नेपाल दूरसञ्‍चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रीपरिषदको भदौ ५ गतेको निर्णय,आज (बिहीबार) बसेको सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको बसेको मन्त्रीस्तरीय निर्णय र सामाजिक सञ्जालको प्रयोगलाई व्‍यवस्थित गर्ने निर्देशिक, २०८० लाई आधार मान्‍दै २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको थियो।
साथै सरकारले सामाजिक सञ्जालहरू फेसबुक, फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स९ट्विटर०, लिंक्डइन, स्न्यापच्याट, रेडिट,डिसकोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा,टम्बलर, क्लबहाउस, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलाई बन्द गर्ने निर्णय गरेको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?