शेखर कोइरालाले भनेः सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक भएको बताएका छन् ।
सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आपत्ति जनाएका हुन् ।
नेता कोइरालाले जनचाहना र आफ्नै प्रतिवद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्न लागेको आरोपसमेत लगाए।
उनले लेखेका छन्, ‘जनचाहाना र आफ्नै प्रतिवद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ ।’
सरकारको यो निर्णयले नेपालीको रोजिरोटी समेत खोसिन भन्‍दै सरकारलाई प्रश्‍न गरेका छन् ।
‘यस निर्णयका कारण कति नेपालीको रोजिरोटी समेत खोसिन्छ, यो सरकारले अन्दाज लगाउन सक्छ ? ’ कोइरालाले प्रश्‍न गरे ।
उनले सरकारको उक्त निर्णय तुरून्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न आग्रह गरेका छन् ।

अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?