बैंकक थाइल्याण्ड । युएनआईपी युएन ग्लोरी अवार्ड २०२५ तथा ग्लोबल मिट थाइल्याण्डको राजधानी बैंकक भव्य रूपमा सम्पन्न भएको छ । विश्व शान्ति यात्रा अन्तर्गत युनाइटेड नेचर इन्टरनेशनल पिस (युएनआईपी) र ग्लोरी मिडिया नेपालद्धारा संयुक्त रुपमा आयोजित यस कार्यक्रम सेप्टेम्बर १मा प्रिन्सटन होटलमा सम्पन्न भएको हो ।
यस अवसरमा विभिन्न देशका १२ जना व्यक्तित्व र २ वटा संस्थाहरु अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भए । जसमा व्यवसायिक प्रशासनतर्फ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झा, पर्यटनतर्फ नेपालका वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटा, सामाजिक सेवातर्फ म्यान्मारका एनआरएनए ग्लोबल लिडर कुमार कार्की , हस्पिटालिटीतर्फ कम्बोडियाका लाल सिंह खडका, व्यवसायतर्फ थाइल्याण्डकी व्यवसायी तथा पूर्व थाई नेपाली समाज अध्यक्ष भावना राई, र संस्थागतमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड कर्पोरेटतर्फ र युएनआईपी थाईल्याण्ड च्याप्टर सामाजिक तर्फ सम्मानित भए ।
त्यस्तै, शान्ति तथा वकालतर्फ युएनआईपी इन्टरनेशनलका कोअर्डिनेटर तथा बंगलादेश च्याप्टर अध्यक्ष राजु शाह,अन्तर्राष्ट्रिय सम्बन्धतर्फ भारतका डा. श्रीनिवास एलुरी, महिला सशक्तीकरणतर्फ श्रीलंकाकी युएनआईपी वर्ल्डवाइड महासचिव डा. डी.एन. जेरिना, वातावरणीय इञ्जिनियरिङतर्फ अमेरिका निवासी वातावरण इञ्जिनियर हिलोल रे, स्वास्थ्यतर्फ जापानका चिरोप्राक्टिक मेडिकल एसोसिएशन अध्यक्ष डा. फुसाओ कितागावा, खेलकुद व्यवस्थापनतर्फ इटली लिबर्टास अवेल्लिनो संघ अध्यक्ष डा. भिसेन्जो म्यान्कुसो र साहित्यतर्फ इटलीका डा. ओरलान्डो सिमिएले, ग्लोबल राइटर्स एकेडेमी भारतका अध्यक्ष विश्वनन्दा सिन्हा, कोलम्बियाकी कवि आन्द्रिया एनसिको रुइज तथा फिलिपिन्स स्थित जेजाबेक कोट्स एण्ड पोईम्सकी संस्थापक जेजाबेक मारमार्क छन्।
त्यस्तै नेपाल विधा अन्तर्गत अनुसन्धानतर्फ सुरेन्द्र वाग्ले, साहित्यतर्फ सुचिता कफ्ले, महिला उद्यमशिलतातर्फ सुमित्रा थापा, सामाजिकतर्फ सावित्री थापा खनाल, व्यवसायिक उद्यमशिलतातर्फ कृष्णहरी अर्याल, व्यवसायिक नेतृत्वतर्फ गंगाबहादुर खड्का, संचार तथा पत्रकारितातर्फ कुमारप्रसाद चौलागाईं, कृषिमा आधारित उद्योगतर्फ सुमन चिमरिया, राजनीति तथा स्थानीय शासनतर्फ दावा गुम्बो तामाङ, सार्वजनिक सेवातर्फ छेवाङ दोर्जे तामाङ, बहुक्षेत्र योगदानतर्फ हिराकाजी महर्जन, आयात-निर्याततर्फ अशेष कुमार बुढाथोकी, रोजगारीतर्फ विवेक पौडेल रहेका छन्।
यसैगरी शान्ति र मानवताको क्षेत्रमा निरन्तर योगदान दिएका १६ जना व्यक्तित्वलाई अन्तर्राष्ट्रिय शान्तिदूत प्रमाणपत्र प्रदान गरियो । १ वर्ष अवधिको नियुक्तिसहित उनीहरुलाई अन्तर्राष्ट्रिय शान्तिदूत घोषणा गरिएको हो । जसमा भिक्षु डा. राजु लामा पी. कोंन्दन, सरोज ओझा, रवि राज शाही, दिपिका रायमाझी, दिपक चन्द्र गौतम, पवित्रा भण्डारी, हिक्मत दाहाल, विमल कुमार भट्टराई, मञ्जु श्रेष्ठ, हरिशरण मानन्धर, दिपप्रसाद धमला, मोती तामाङ, विष्णुप्रसाद अधिकारी, केशव बस्नेत, निकिता श्रेष्ठ र शिवहरी खनाल रहेका छन्।
समारोहमा वक्ताहरुले शान्ति, एकता र सहकार्यमा जोड दिए । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सहायक सोईओ ब्रजेश कुमार झा, म्यान्मारका कुमार कार्की, व्यवसायी भावना राई, पर्यटन व्यवसायी रामप्रसाद सापकोटा, चार्टर्ड एकाउण्टेन्ट विवेक पौडेल र जनप्रतिनिधि दावा गुम्बो तामाङले विश्व शान्तिका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे ।
ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले कला, संस्कृति र मिडियाले सीमाना नाघ्ने शक्ति भएको उल्लेख गर्दै यसले विश्व शान्ति र समृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
त्यस्तै, युएनआईपी बंगलादेश च्याप्टर अध्यक्ष राजु शाहले यो पुरस्कार शान्ति, एकता र अन्तर्राष्ट्रिय सहकार्यको प्रतीक भएको बताए ।
युएनआईपी नेपाल च्याप्टरका राष्ट्रिय अध्यक्ष भिक्षु डा. राजु लामा पी कोंन्दनले सामाजिक सेवा र मानवतावादी कार्य सीमा नमान्ने भएकाले शान्ति अभ्यास सबै समुदायमा समान रूपमा हुनुपर्ने धारणा राखे ।
त्यसैगरी युएनआईपी थाइल्याण्डकी अध्यक्ष प्रोफेसर डा. श्रीवान किङ्जुनले नेपालले विश्व शान्तिको लागि खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै सहभागी प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गरिन् । समारोहमा युएनआईपी नेपालका कार्यकारी अध्यक्ष रवि राज शाहीले स्वागत मन्तव्य र महासचिव दिपक चन्द्र गौतमले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा शास्त्रिय नृत्यांगना ईङगारत शिवाममाथेविटले शास्त्रिय नृत्य प्रस्तुत गरिन् भने भगवान बुद्धसम्बन्धी वृत्तचित्र पनि प्रदर्शन गरियो। कार्यक्रममा शान्तिवादी नेता, मानवाधिकारकर्मी, कूटनीतिज्ञ, राजनीतिज्ञ, व्यवसायी, साहित्यकार तथा सामाजिक अगुवा लगायतका करिब सय जनाको उपस्थिति थियो ।








