तनहुँका सरोज ओझा बैंककमा विश्व शान्ति दुत नियुक्त, वाग्ले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । तनहुँका व्यास–५ का सरोज ओझा विश्व शान्तिदूत नियुक्त भएका छन् भने म्याग्दे–७ का सुरेन्द्र वाग्ले सामाजिक अनुसन्धान विधामा युएनआईपी युएन ग्लोरी इन्टरनेशनल अवार्ड २०२५ बाट सम्मानित भएका छन्।

युनाइटेड नेचर इन्टरनेशनल पिस (युएनआईपी) र ग्लोरी मिडियाद्वारा संयुक्त रुपमा थाइल्याण्डको राजधानी बैंककमा सेप्टेम्बर १ मा सम्पन्न युएनआईपी युएन ग्लोरी इन्टरनेशनल अवार्ड २०२५ तथा ग्लोबल मिट कार्यक्रममा उनीहरूलाई सम्मानित गरिएको हो।

उक्त कार्यक्रममा विभिन्न मुलुकका १२ जना प्रतिष्ठित व्यक्तित्व र २ संस्थालाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा शास्त्रीय नृत्यांगना इङ्गारत शिवाममाथेविटले शास्त्रीय नृत्य प्रस्तुत गरिन् भने भगवान बुद्धसम्बन्धी वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो। कार्यक्रममा विभिन्न देशका शान्तिवादी नेता, मानवाधिकारकर्मी, कूटनीतिज्ञ, राजनीतिज्ञ, व्यवसायी, साहित्यकार तथा सामाजिक अगुवासहित करिब सय जना प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?