नियमन गर्नुको साटो एक्काशी सामाजिक संजाल बन्द गरेर सरकारले निरंकुशता देखायो: रास्वपा तनहुँ

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले सामाजिक संजाल नियमन गर्नुको साटो एक्काशी बन्द गरेर निरंकुशाता देखाएको आरोप लगाएका छ । आज तनहुँमा तनहुँका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुसझाउदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँले सो आरोप लगाएको हो । सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषद्को कार्यालयलाई लेखिएको ४ बुँदे ज्ञापन पत्रमा सामाजिक संजाल कआजको डिजिटल युगमा केवल मनोरन्जन र व्यक्तिगत प्रयोगका mलागि नभई नागरिकको मौलिक हक, बिचार अभिव्यक्ति व्यवसाय , शिक्षा र अनुसान्धान र सूचना आदान प्रदानको प्रमुख माध्यम पनि भएको र चाडपर्वको सम्मुखमा विदेशमा रहेका लाखौ युवाहरुको परिवारसग संचार सम्पर्क विमुख हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यसकुराप्रति गम्भिर असहमति जनाउछ भनिएको छ । उक्त ज्ञापन पत्र बुझाउदै रास्वपा तनहुँका सभापति विश्व बास्तोलाले यसको लागि सरकार सचेत रहनुपर्ने बताएका थिए । उक्त ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा रास्वा केन्द्रीय उर्जा तथा जलश्रोत विभाग प्रमुख ई. श्रीराम न्यौपाने, रास्वपा तनहुँका नेताहरु पदमराज न्यौपाने, चुडामणी दाहाल, मनोज अधिकारी, शुशिल पौडेल, अन्जु दाहाल मा रास्वपाले

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?