प्रधानमन्त्री ओलीले दिएको राजिनामा स्वीकृत, अहिलेकै सरकार कामचलाउ सरकारमा परिणत

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् । मंगलबार राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री ओलीले पेस गरेको राजीनामा आजैका मितिदेखि लागू हुने गरी स्वीकृत गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
संविधानको धारा ७७ को उपधारा (३) अनुसार नयाँ मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान मन्त्रिपरिषद्ले कार्य सम्पादन गर्ने व्यवस्था रहेको छ । त्यसअनुसार ओली नेतृत्वको मन्त्रिपरिषद्ले अर्को सरकार गठन नभएसम्म कार्यवाहकका रूपमा काम गर्ने राष्ट्रपति कार्यालयले स्पष्ट पारेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?