राष्ट्रप्रमुख, सरकार प्रमुख, सेना, जेन्जी पुस्ता, राजनीतिक दल र आम नागरिकलाई  इन्जिनियर श्रीराम न्यौपानेको अपिल

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डौ लामो समयसम्म शिक्षा क्षेत्रमा कार्यरत रहि रहेका ऊर्जा तथा जलस्रोत विज्ञ वरिष्ठ इन्जिनियर श्रीराम न्यौपानेले राष्ट्रप्रमुख, सरकार प्रमुख, नेपाली सेना, जेन्जी पुस्ता, राजनीतिक दल र आम नागरिकलाई अपिल गरेका छन् । ईन्जिनियर न्यौपानेले आन्दोलनमा घुसपैठबाट भएको क्षतिलाई अलग राखेर हेर्ने हो भने जेनजी पुस्ताको देश बनाउने क्उष्चष्त बाट प्रभावित भएर नेपाललाई कुन बाटोबाट र कसरी छिटो विकसित र समृद्ध मुलुक बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो कर्मथलो जलविद्युत आयोजनाको सुरुङ भित्रबाट एउटा ख्ष्मभय रेकर्ड गरेर जेन्जी पुस्ता, राजनीतिक दल र आम नागरिकलाई एउटा सच्चा विकासकर्मीको हैसियतमा महत्त्वपूर्ण सन्देश दिन गइरहेको बताएका छन् । ईन्जिनियर न्यौपानेले विगत ३५ वर्षसम्म कृषि र पर्यटन नेपालको अर्थतन्त्रलाई उकास्ने प्रमुख क्षेत्र हुन् भनियो। कृषि र अर्थ पर्यटनले अर्थतन्त्रमा पुर्याएको योगदानले प्रतिव्यक्ति आय ह्वात्तै बढेको छ त रु छैन। वन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सञ्चार, उद्योग, खानेपानी, सिंचाइ, शहर वा अन्य कुनै पनि क्षेत्रको विकास गर्न बिजुली अपरिहार्य शर्त हो भन्ने कुरा कसैले बुझेनन् र बुझ्न पनि चाहेनन् भन्ने बताएका छन् ।

ईन्जिनियर श्रीराम न्यौपानेको अपिल

सरकारी इन्जिनियरको जागिरबाट राजिनामा दिएर ४ वर्षको प्राध्यापन पश्चात आफ्नै नेतृत्वमा इन्जिनियरिङ कलेज खोलेर प्रिन्सिपलको रुपमा ८ वर्षसम्म कलेज सञ्चालन गरेको अनुभव, मेलम्ची खानेपानी आयोजनाको अम्बाथान खण्डको सुरुङ निर्माण, नागढुंगा सुरुङमार्ग जस्ता राष्ट्रिय गौरवका आयोजना र ४३ मेगावाटको अपर मादी जिरो जलविद्युत आयोजना निर्माणमा Project Director  जस्तो नेतृत्वदायी भुमिकामा रहेको अनुभव र २ वर्षे वेलायतको बसाइ सहित जम्माजम्मी २९ वर्षको अनुभवबाट नेपालको विकास र समृद्धिको खाका बारे केहि कुरा राख्न सान्दर्भिक ठान्दछु ।
विचौलिया प्रवृत्ति, ढिलासुस्ती, विकृति, विसङ्गति र भ्रष्टाचारका सन्दर्भमा विगत ३० वर्षसम्म मैले देखेको र भोगेको समस्या कमसेकम आगामी पुस्ताले भोग्न नपरोस् भनेर गत दुइ वर्षदेखि ऊर्जा तथा जलस्रोत विज्ञका रुपमा र राजनीतिमा समेत सक्रिय रहेको छु।
मेरो सोच र कामको क्उभभम ले देशमा विद्यमान परिवेश ऐन, कानुन, नियम र सरकारी कर्मचारीको क्उभभम सँग कहिल्यै कतै म्याच गरेन। तर पनि संघर्ष गर्दै आफ्नै नेतृत्वमा हजारौ इन्जिनियर उत्पादन गर्ने, आयोजना निर्देशक रहेर झण्डै १५ किलोमिटर सुरुङ खन्ने र दर्जनौ स्मरणीय सामाजिक गतिविधिमा संलग्न भई प्रवल जनसेवाश्री चतुर्थ श्रेणी लगायत थुप्रै पदक र सम्मान प्राप्त गर्ने अवसर भने प्राप्त भयो।
सामाजिक सञ्जालको जगमा टेकेर जेन्जी पुस्ताले आह्वान गरेको Social Engineering Movement रुपि आन्दोलनमा घुसपैठबाट भएको क्षतिलाई अलग राखेर हेर्ने हो भने जेनजी पुस्ताको देश बनाउने क्उष्चष्त बाट प्रभावित भएर नेपाललाई कुन बाटोबाट र कसरी छिटो विकसित र समृद्ध मुलुक बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो कर्मथलो जलविद्युत आयोजनाको सुरुङ भित्रबाट एउटा ख्ष्मभय रेकर्ड गरेर जेन्जी पुस्ता, राजनीतिक दल र आम नागरिकलाई एउटा सच्चा विकासकर्मीको हैसियतमा महत्त्वपूर्ण सन्देश दिन गइरहेको छु।
नेपालको भूगोलले बारम्बार भनिरहेको छ ( जबसम्म तिमि दशौं हजार किलोमिटर सुरुङ निर्माण गर्दैनौ, तबसम्म तिमिले तिम्रो अर्को पुस्तालाई विकसित नेपाल हस्तान्तरण गर्न सक्दैनौँ। चाहे त्यो सुरुङ जलविद्युतको होस् वा खानेपानीको वा सिँचाइको होस् वा सडकको वा खनिज उत्खनन गर्न होस् वा मेट्रो नै किन नहोस्।
कुनै पनि व्यवस्था, दल वा नेताको एउटै लक्ष्य हुन्छ देशलाई विकसित र समृद्ध बनाउने। तपाईँ जतिसुकै मिठो भाषण गर्नुस्, जतिसुकै ठूलो आन्दोलन गर्नुस्, जतिसुकै ठूलो क्रान्ति गर्नुस्। चाहे सिंगापुर बनाउँछु भन्नुस् वा नयाँ नेपालको नारा घन्काउनुस्, जे गर्नुहोस् जबसम्म नेपालसंग भएको स्रोत चिन्नुहुन्न, पहिचान गर्नुहुन्न, जान्नुहुन्न र उपयोग गर्न सक्नुहुन्न तबसम्म न त अर्थतन्त्र चलायमान हुन्छ न त अर्थतन्त्रको आकार नै बढ्छ।
प्रकृतिले पृथ्वीको कुनै एक कुनामा एउटा स्रोत, अर्को कुनामा अर्को स्रोत खन्याइदिएको छ। नेपाल यस मानेमा भाग्यमानी छ कि नेपालको भूगोलभित्र अथाहा जलस्रोत छ। तर दुर्भाग्य, नेपालको भूगोल भित्र रहेको अथाहा जलस्रोतको न त पहिचान गर्न सक्यौ न त अधिकतम उपयोग नै। यसको उपयोग कसरी र कहिलेसम्म गरिसक्ने त्यसको स्पष्ट नीति र खाका कोरेर कार्यान्वयन नगरेसम्म देश विकसित र समृद्ध बन्नै सक्दैन।
आगामी १५ वर्षभित्र नेपाललाई कसरी विकसित बनाउन सकिन्छ र जनतालाई धनी कसरी बनाउन सकिन्छ अर्थात् आजको प्रतिव्यक्ति आय १४०० डलरबाट छोटो अवधिमा ५००० डलर भन्दा माथि कुन स्रोतको उपयोग गरेर कसरी र कहिलेसम्म पुर्याउन सकिन्छ रु भन्ने नीति, योजना र स्पष्ट मार्गचित्र बनाउने कार्यमा मैले विगत डेढ वर्षदेखि जनताको घरदैलोमा पुगेर ३ दर्जन हाराहारी ऊर्जा नीति संवाद कार्यक्रम गरेर एउटा निचोड निकालेको छु।
एक दशकभित्र अर्थतन्त्रलाई ह्वात्तै उकासेका केही मुलुकहरूको उदाहरण म यहाँ प्रस्तुत गर्न सान्दर्भिक ठान्दछु।
अत्याधिक जनसंख्या भएको छिमेकी राष्ट्र भारतले आफूसँग भएको अथाहा खेतीयोग्य जमिनलाई अर्थतन्त्र ह्वात्तै बढाउने स्रोतको रुपमा उपयोग गर्यो। तदनुरूप कृषिमा आधुनिककरणको मोडेल अपनाएर कृषकलाई तालिम दिइ ज्ञान र सीप मात्र प्रदान गरेन, समयमै बिउबिजन, सिँचाइ सुविधा, रासायनिक मल उपलब्ध गराउने देखि भण्डारण सहित उत्पादित वस्तुको मूल्य निर्धारण गरेर बजारको ग्यारेन्टी गरिदियो। फलस्वरूप एक दशकभित्र खाद्यान्नमा भारतलाई आत्मनिर्भर मात्र बनाएन संसारका थुप्रै देशमा खाद्यान्न निर्यात गरेर अर्थतन्त्रलाई ह्वात्तै उकास्यो।
चीनले औद्योगिकरणको नीति अवलम्बन गर्यो। स्वदेशी कच्चा पदार्थमा आधारित ठूला-ठुला उद्योगहरू खोलेर मास स्केलमा उत्पादन गरी संसारका कुना कुनामा माग वमोजिमको गुणस्तरको र सस्तोमा बिक्री गरी संसार भरिको डलर आफ्नो देशमा खिच्यो र देशको अर्थतन्त्रलाई ह्वात्तै बढायो।
अरबियन मुलुकहरूले जमिन मुनि भएको पेट्रोलियम पदार्थ उत्खनन र प्रशोधन गरेर संसार भरि बिक्री वितरण गरी आफ्नो अर्थतन्त्रलाई ह्वात्तै उकासे।
यति मात्र होइन मलेसिया, भियतनाम, दक्षिण कोरिया सिङ्गापुर, हङकङ जस्ता मुलुकहरूले आफूसँगै भएको सम्भावनालाई अधिकतम उपयोग गरेर आज संसारको विकसित र धनीको सूचीमा सूचीकृत भएका छन्। तर विडम्बना नेपाल आज पनि विकास र समृद्धिको गतिमा दौडी त रहेको छ। तर १९९० को दशकमा सँगसँगै विकास र समृद्धिको दौडको यात्रामा भाग लिएका अन्य मुलुकहरुले रातारात फड्को मारेर कहाँ पुगिसके। तर नेपाल आज एसिया प्रशान्त क्षेत्रको सबैभन्दा गरिब मुलुकको सूचीमा सूचीकृत भएको छ।
जुन देशसँग जे स्रोत छ त्यसैको अधिकतम उपयोग गरेर एक-दुई दशकभित्रै मुलुकको अर्थतन्त्र चलायमान मात्र होइन ह्वात्तै बढाउन सकिन्छ भन्ने पाठ छिमेकि देशहरूले हामीलाई सिकाएका छन्।
पञ्चायती कालमा हरियो वन नेपालको धन भनेर अर्थतन्त्रमा २५ मात्र टेवा दिएको हरियो वनको नारा घन्काएर अर्थतन्त्रलाई उकास्नै नसकेको तथ्याङ्क हामी संग छ । विगत ३५ वर्षसम्म पनि नेपालको स्रोत के हो भनेर पहिचान गर्न नसकेर र त्यसको अधिकतम उपयोग गर्न नजानेर, राजनीतिक अस्थिरतामा जकडिदै भ्रष्टाचारको दलदलमा फसेर समय खेर गयो।
०४८ सालमा कांग्रेसको नेतृत्वमा भएको आन्दोलनबाट प्राप्त पहिलो अवसर कांग्रेसले गुमायो, ६२र६३ को आन्दोलन पछि प्रचण्डको नेतृत्वले दोस्रो अवसर माओवादीले गुमायो । Social Engineering Movement का माध्यमबाट भर्खरै जेन्जी पुस्ताको नेतृत्वमा भएको आन्दोलनबाट प्राप्त यो तेस्रो अवसरलाई कुनै हालतमा गुम्न नदिइ नेपालसँग भएको स्रोत ऊर्जा र जलस्रोतका माध्यमबाट विकास र समृद्धिको यात्रा तय गरिनुपर्दछ।
अब बन्ने सरकार, सरकारमा प्रतिनिधित्व गर्ने व्यक्ति, संविधान पुनर्लेखनका बुँदाहरु, सरकार सञ्चालन विधि र आगामी निर्वाचनमा सरकारमा प्रतिनिधित्व गर्ने अनुहारको छनौट सम्म जेनGen-Z  पुस्ता, नेपाली सेना, राजनीतिक दल र हरेक नेपालीको ध्यान चाँडो भन्दा चाँडो नेपालमा उपलव्ध ऊर्जा र जलस्रोतलाई अधिकतम उपयोग गरेर १५ वर्ष भित्र ५० हजार मेगावाट बिजुली उत्पादन गरी स्वदेशमै खपत गर्ने लक्ष्य हासिल गर्ने तिर केन्द्रित रहनुपर्दछ।
नेपालसँग अथाहा जलस्रोत छ। पूर्वदेखि पश्चिमसम्म उत्तरी भेगको हिमालबाट हिम पग्लेर र पहाडबाट मूल फुटेर निस्केको हिउँदको औसतमा झण्डै १०० अर्ब घनमिटर सफा पानी र बर्सातको समेत २२५ अर्ब घनमिटर पानी ८८४८ मिटरको उचाइबाट ६७ मिटरको गहिराईसम्म १५० किलोमिटर भित्र छङ छङ उर्लेर ६ हजार नदी मध्ये ३२०० हिमनदी मार्फत तराइको भूभागलाई छिचोलेर भारत हुँदै समुद्रतिर बगिरहेको छ।
यो पानी भित्र धेरै ताकत छ । मानव निर्मित संरचनालाई वर्षातको भेलले ध्वस्त पार्ने देखि बालीनालि ध्वस्त पार्ने सम्म र खेतियोग्य जमीनलाई डुबान क्षेत्रमा परिणत गर्नेदेखि सेकेण्ड भित्र मानिसको ज्यान लिन सक्ने सम्मको ताकत छ। त्यति मात्र होइन पृथ्वीको २र३ भुभाग र मानव शरीरको २र३ भाग त्यही पानीले ढाकेको छ। नेपाल जस्तो गरिब मुलुकमा मानिसलाई लाग्ने दुई तिहाई रोग नै दुषित पानी पिएका कारणले लाग्ने गर्दछ। खानेपानी, सिंचाइ, शहरीकरण, औद्योगिकरण लगायत दैनिक मानवीय र पृथ्वीको अस्तित्व पानीसंग जोडिएको छ।
विजुली उत्पादन गर्ने देखि ग्रीन हाइड्रोजन र रासायनिक मल युरिया बनाउने सम्मका लागि पानी शतप्रतिशत नेपालमै उपलब्ध कच्चा पदार्थ हो। ९ लिटर सफा पानीमा ३३ युनिट बिजुली खर्च गरेर इलेक्ट्रोलाइसिस विधिबाट एक केजी हाइड्रोजन र ८ के जी अक्सिजन उत्पादन गर्न सकिन्छ। सिलिन्डरमा भण्डारण गर्न सकिने प्रति के जि हाइड्रोजनबाट जतिबेला चाहियो त्यतिबेला पुनस् २० युनिट बिजुली निकाल्न सकिन्छ।
हाइड्रोजन ऊर्जाका माध्यमबाट LPG ग्यास, डिजेल, पेट्रोल, मट्टीतेल, कोइला र दाउरा लाई पुर्ण रुपमा विस्थापित गर्न सकिन्छ। वर्षादमा खेर जाने हरेक ३३ युनिट बिजुली र ९ लिटर पानी भित्र २० युनिट बिजुली सिलिन्डरमा भण्डारण गर्न सकिन्छ। हाइड्रोजनमा नाइट्रोजन मिसाएर अमोनिया बनाउन सकिन्छ भने अमोनियामा सिमेन्ट कारखानाबाट निस्केको कार्बन डाइअक्साइड मिसाएर युरिया मल बनाउन सकिन्छ।
जलविद्युत र सौर्य ऊर्जा जेन्जी पुस्ताका लागि ऊर्जाको प्रमुख स्रोत हो। अल्फा र बिटा पुस्ताका लागि ग्रीन हाइड्रोजन ऊर्जाको प्रमुख स्रोत हुनेछ । नेपालसंग जलविद्युत र सौर्यबाट गरी १ लाख ५० हजार मेगावाट बिजुली उत्पादन गर्न सक्ने सम्भावना अर्थात् एयतभलतष्ब िछ। १०० अर्ब घनमिटर वार्षिक सफा पानी मध्ये ३ करोड नेपालीका लागि केवल १५ देखि २० अर्ब घनमिटर पानी भए सिँचाइ, खानेपानी, सहरीकरण,औद्योगिकरण र सबै प्रयोजनका निम्ति पर्याप्त हुने तथ्याङ्कले देखाउँछ।
भूमिगत समेत लगभग बाँकी रहेर खेर जाने ८० अर्ब घनमिटर सफा पानी कहाँ र कसरी प्रयोग गर्ने र कसरी धन आर्जन गर्ने भन्ने कुरा महत्त्वपूर्ण छ।
हाम्रो जस्तो जलस्रोतको अथाह सम्भावना भएको र एक लाख ५० हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने स्रोत भएको देशमा विकास र समृद्धिको एकमात्र बलियो सूचक प्रति व्यक्ति प्रतिवर्ष बिजुलीको खपत हो। हामी जस्तै देशहरूको बिजुलीको खपत र आयको ग्राफलाई हेर्ने हो भने एउटा निश्चित तहसम्म बिजुलीको खपत जुन दरले बढेको हुन्छ प्रति व्यक्ति आय पनि त्यही दरले बढेको पाइन्छ ।
तसर्थ जुन दिन हामीले ५० हजार मेगावाट बिजुली उत्पादन गरेर स्वदेशमै खपत गर्न सक्छौं, त्यही दिनदेखि नेपालीको प्रति व्यक्ति प्रति वर्ष बिजुलीको खपत ५००० युनिट भन्दा माथि हुन्छ भने प्रति व्यक्ति प्रति वर्ष आय ५००० डलर भन्दा माथि नै हुन्छ। ऊर्जाको सन्तुलित उत्पादन र खपतबाट मात्र नेपाल विकसित र समृद्ध बन्न सक्छ। संसारका सबै विकसित र समृद्ध मुलुकहरूको बिजुलीको खपत ५ हजारभन्दा माथि रहेको तथ्याङ्कले देखाउँछ।
नेपालको सन्दर्भमा बिजुली र पानीको खपतको प्रमुख क्षेत्रहरू घर र घरको भान्सादेखि यातायात र यातायातको साधनसम्म, स्वदेशी कच्चा पदार्थमा आधारित ठूला उद्योग कलकारखानादेखि कृषिमा आधुनिकिकरणसम्म, आइटी डाटा सेन्टर र एआइ देखि ग्रीन हाइड्रोजनसम्म, जडीबुटी र खनिज पदार्थ उत्खननदेखि प्रशोधनसम्म हुन्।
Data Centre  र AI को Cooling System  मा सफा र चिसो पानी अत्याधिक मात्रामा खपत हुने तथा नेपालको पूर्वदेखि पश्चिमसम्मको उत्तरी हिमाली भेगमा जलविद्युत, सौर्य, वायु र हाइड्रोजन इनर्जी समेतको उपलब्धता भएको हुँदा नेपाललाई संसारकै Data Center  र AI  प्रविधिका लागि उपयुक्त उत्कृष्ट स्थानको रुपमा अनुसन्धानले देखाएको छ।
1. AI  लाई हामीले १० वटा प्रश्न सोध्दा AI ले उत्तर खोज्ने क्रममा आधा लिटर पानी खपत गर्छ।
2. Data Center स्तरको मोडेल प्रशिक्षण गर्दा ७ लाख लिटर पानी खपत हुन्छ।
3.  १ युनिट(1Kwh) बिजुली खपत हुने डाटा सेन्टरमा झण्डै दुई लिटर पानी Colling system का लागि आवश्यक पर्छ।
4.  1MW Data Server सञ्चालन गर्न ५० हजार लिटर पानी चाहिन्छ।
5. Google, Microsoft, Cloud  जस्ता प्रत्येक डाटा सर्भरले दैनिक लाखौं लिटर पानी खपत गर्छन्।
उद्योग कलकारखानाको हकमा पनि त्यस्तै ठूलो मात्रामा पानीको खपत हुन्छ।
6.  १ केजी कागज उत्पादन गर्दा १० हजार लिटर पानी खपत हुन्छ भने १ केजी चामल उत्पादन गर्न ३००० लिटर र १ केजी दूध उत्पादन गर्दा १००० लिटर पानी खपत हुने गर्दछ ।
Data Centre, AI र ठूला उद्योगहरूका लागि अत्याधिक मात्रामा सफा पानी र फरक(फरक स्रोतको बिजुली आवश्यकता पर्ने भएकोले हाम्रो पुस्ताले ऊर्जा र जलस्रोतको अधिकतम उपयोग गर्दै अर्को पुस्ताका लागि संरक्षण गरेर राख्नु हाम्रो कर्तव्य हो। अल्फा र बिटा पुस्ताका लागि भने ऊर्जाको मुख्य स्रोत हाइड्रोजन ऊर्जा नै हुनेछ। जसका लागि ठूलो परिमाणमा बिजुली र पानीको आवश्यकता पर्दछ। अब हरियो वन नेपालको धनू लाई होइन। कृषि र पर्यटनलाई पनि होइन। Digitalization लाई पनि होइन। शिक्षा र स्वास्थ्य निःशुल्क बनाउन पनि पहिला ढुकुटीमा पैसाको जोह हुनुपर्दछ। अर्थतन्त्रको आकार ह्वात्तै बढाउने र चलायमान बनाउने नेपालको सन्दर्भमा एकमात्र क्षेत्र ऊर्जाको सन्तुलित उत्पादन र खपत हो। यसलाई नेपालको विकास र समृद्धिको मोडेल बनाउन जरुरी छ।
विगत ३५ वर्षसम्म कृषि र पर्यटन नेपालको अर्थतन्त्रलाई उकास्ने प्रमुख क्षेत्र हुन् भनियो। कृषि र अर्थ पर्यटनले अर्थतन्त्रमा पुर्याएको योगदानले प्रतिव्यक्ति आय ह्वात्तै बढेको छ त ?  छैन। वन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सञ्चार, उद्योग, खानेपानी, सिंचाइ, शहर वा अन्य कुनै पनि क्षेत्रको विकास गर्न बिजुली अपरिहार्य शर्त हो भन्ने कुरा कसैले बुझेनन् र बुझ्न पनि चाहेनन् । बिजुली गाँस, बास, कपास पछिको अपरिहार्य वस्तु हो। म त भन्छु बिजुली लोकतन्त्रको प्राण हो, हरेक मन्त्रालयको मुटु हो।
१८ घण्टाको लोडसेडिङ हटाउने व्यवस्थापन गरेकै कारण घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई नाफामा पुर्‍याएकै कारण कुलमान लोकप्रिय बने। हरेक नेपालीको मुटुको धड्कन बने। तपाईँ कल्पना गर्न सक्नुहुन्छ रु ५० हजार मेगावाट बिजुली उत्पादन गरेर स्वदेशमै खपत गरेर ठूला ठूला उद्योगहरु खोलेर अर्थतन्त्रलाई चलायमान र अर्थतन्त्रको आकार वात्तै बढायो भने त्यो व्यवस्था त्यो दल त्यो नेता कति लोकप्रिय होला ?
अन्त्यमा,
व्यवस्था जुनसुकै होस्, दल जुनसुकै होस्, नेतृत्व जोसुकैले गरोस्, ऊर्जा र जलस्रोतको अधिकतम उपयोग गर्ने नीति, योजना र मार्गचित्र आजको आवश्यकता हो। ५० हजार मेगावाट बिजुली उत्पादन गरेर स्वदेशमै खपत गरी आजको प्रति व्यक्ति ४०० युनिट बिजुलीको खपतलाई बढाएर ५००० युनिट पुर्याउन नसकेसम्म र आजको १४०० डलर प्रति व्यक्ति आयलाई बढाएर ५००० डलर पुर्याउन नसकेसम्म विश्व मानचित्रमा नेपाललाई विकसित र समृद्ध मुलुकको सूचीमा सूचीकृत गराउन सकिदैन ।
अब बिजुली बेचेर होइन स्वदेशी कच्चा पदार्थमा आधारित ठूला उद्योगमा बिजुलीको खपत गरेर उत्पादित वस्तु बेचेर धनी बन्नु पर्छ। युवा जनशक्ति र जलशक्ति निर्यात गरेर होइन त्यसको अधिकतम उपयोग स्वदेशमै गरेर नेपाललाई विकसित र समृद्ध बनाउनुपर्छ।
विद्यमान प्रविधिमा आधारित रहेर Thumb Rule को हिसाबबाट के स्पष्ट हुन्छ भने हुन्छ भने १ लाख मेगावाट बिजुली र १ अर्ब घनमिटर सफा पानी प्रयोग गरेर ६ खर्ब युनिट भण्डारण युक्त हाइड्रोजन इनर्जी उत्पादन गर्दा प्रति युनिट ५ रुपैयाँका दरले वार्षिक ३० खर्ब बराबरको बिजुली र पानी खेर गइरहेको पाइन्छ।
यसका लागि कम्तीमा पाँच वर्ष टिक्ने बहुमतको सरकार, स्थिर नीति, सुशासनको प्रत्याभूति, अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि विश्वसनीय वातावरण सहित इमान्दार र नैतिकवान देशभक्त नेतृत्व अपरिहार्य छ ।

धन्यवाद 

ईन्जिनियर श्रीराम न्यौपाने
जय देश, जय ऊर्जा

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?