प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा ४ मन्त्रीले लिए शपथ

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नवनियुक्त ४ मन्त्रीले शपथ लिएका छन् । शीतलनिवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रीहरू जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियार शपथ लिएका हुन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले ४ मन्त्री नियुक्त गर्नुको साथै मन्त्रालय समेत हेरफेर गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खरेलले सञ्चार, पुनले शिक्षा, विज्ञान तथा प्रविधि, सिन्हाले उद्योग, कानून र भूमि मन्त्रालय र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् । योसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ । यसअघि नै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्री रामेश्वर खनाल, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ, तेस्रोमा गृहमन्त्री ओमप्रकाश अर्यालले सपथ लिईसकेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?