तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. १० सेवरका निर्गबहादुर नेपालीलाई स्थानिय निर्मला तिमल्सेना र सुनिता पौडेलको पहलमा १९ हजार ७ सय रुपैया सहयोग गरेका छन् । निजहरुले लामो समयदेखि क्यास्न्सर रोगले थलिएका निर्गबहादुरलाई उपचारमा सहयोग पुर्याउने हेतुले स्थानिय टोल, छरछिमेकमा सहयोग मागि उक्त रकम हस्तान्तरण गरेका हुन् । पेटको क्यान्सर रोगको उपचार गराउदा आर्थिक समस्या झेलिरहेका निर्गबहादुरको पछिल्लो समय अ ाँगनीमा चिप्लिएर दुट्टा भाँचिएप िअपरेशन गर्नुपर्ने भएको छ । अस्पताल जाने खर्चको अभावमा बेडमा छट्टाईरहेका निर्ग बहादुरको क्यासर भएको कारण पेट काटी आन्द्रा निकालेर त्यहिबाट दिशा बाहिर फालिएको छ भने हालसालै खुट्टा भाँचिएर बिचल्ली भएको छ । तिमल्सेना र पौडेलको पहलमा सहयोग रकम उठाएपछि निर्गबहादुर थप चेकजाँचको लागि पोखरा गएका छन् ।








