तनहुँ । व्यास नगरपालिका वडा नं १० का क्यान्सर रोगी निर्गबहादुर नेपालीलाई झापा बिर्तामोड नगरपालिका वडा नं ५ की सुस्मिता थापाले पाँच हजार रुपैयाँ सहयोग गरेकी छन् । पेटको क्यान्सर रोगको उपचार गराउदा गराउदै आर्थिक रुपमा टाट पल्टेका निर्गबहादुरलाई सुस्मिताले उक्त रकम सहयोग गरेकी हुन् । तनहुँ दमौलीको निर्मल मा.वि. को २०४८ सालको एस्. एल्.सी. व्याजकी सुस्मिताले निर्गबहादुरको उपचारमा सहज होस् भनेर सामाजिक संजालमार्फत थाहा पाएर उक्त रकम सहयोग गरेको बताएकी छन् ।
पेटको क्यान्सरको उपचार गराउदा गराउदै आर्थिक रुपमा कमजोर भएका निर्गबहादुरको केहि दिन अगाडि घरको आँगनमा लडेर खुट्टा भाँचिएको छ । विभिन्न व्यक्तिहरुले केहि रकम सहयोग प्रदान गरेपछि बेखर्ची भएका निर्गबहादुर आज सोमबार थप उपचारका लागि पोखरा गएका छन् । निर्गबहादुरको क्यान्सरको उपचार र अौषधीको लागि मासिक लाखौ खर्च लाग्छ भने भाँचिएको खुट्टामा अपरेशन गरेर स्टिल राख्नुपर्ने चिकित्सकले जानकारी दिएका छन् तर रकमको अभावमा उन्को थप उपचार हुन सकेको छैन ।








