काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले जेनजी आन्दोलनको क्रममा विद्यार्थी र युवाहरुको मृत्यु हुनेगरी भएको घटनाको दोषीलाई कारबाही गर्ने बताएकी छन् । देशबासीका नाममा नाममा सम्बोधन गर्दै यस्तो प्रतिबद्धता जाहेर गरेकी हुन् ।
उनले फागुन २१ गतेभित्र चुनाव गर्नको आवश्यक तयारी थालिसकेको बताइन् ।
उनले मुलुकलाई निकास दिनको लागि फागुन २१ भित्रै स्वतन्त्र निष्पक्ष चुनाव गर्नको सरकार सरकार प्रतिबद्ध रहेको बताइन् । उनले भनिन्, ‘१८ बर्ष पुगेको जेनजी पुस्तालाई मताधिकार प्रदान गर्ने र मतदाता नामावली अध्यावधि गर्नेगरी अध्यादेशबाट कानून संशोधन गरिसकेको छ।’ विदेशमा रहेका नागरिकलाई विदेशबाट पनि मतदानमा सहभागी गराउनसक्ने सम्भावनाबारे पनि छलफल भइरहेको बताइन्।








