आँबुखैरेनी गाँउपालिकाले घरजग्गा कर बढाउने प्रस्तावको पुनर्विचार गर्न मनोजकुमार श्रेष्ठको अपिल

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको आँबुखैरेनी गाँउपालिकाले घरजग्गा कर बढाउने प्रस्तावको पुनर्विचार गर्न वडा नं. ३ का वडा सदस्य  मनोज कुमार श्रेष्ठले अपिल गरेका छन् । वडा सदस्य श्रेष्ठले घर जग्गाको मुल्यांकन बढाएर कर बढाईएकोमा आफ्नो वडाका सर्वसाधारण सन्तुष्ट नभएको पाईएको र अहिले बढ्न गएको मुल्यांकनले सम्पुर्ण पालिकाबासी नै बेखुस भएकोले गाउँसभाले यस्लाई पुर्नर्बिचार गर्नुपर्ने बताएका छन । जनताको खुशी नै जनप्रतिनिधिको खुशी बताउदै वडा सदस्य श्रेष्ठले जनतालाई जनप्रतिनिधिले  बेखुसी बनाउन नहुने पनि बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?