तनहुँका अजयभद्र खनाल प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा नियुक्त

सर्वज्योति
  • ख-
  • ख+

अन्तरिम सरकारकी प्रधानमन्त्री  कार्कीको मुख्य सल्लाहकारमा तनहुँका अजयभद्र खनाललाई नियुक्त भएका छन् । तनहुँका प्रखर राजनीतिज्ञ एवं नेपाली कांग्रेसका पुर्व महामन्त्री स्वर्गिय श्रीभद्र शर्माका पुत्र अजयभद्र खनाल प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकारमा नियुक्त भएका हुन् ।
बीस वर्षभन्दा लामो समय पत्रकारिता गरेका खनाल अनुसन्धानकर्ता समेत हुन्। द राइजिङ नेपाल र द काठमाडौं पोस्टमा संवाददाताका रूपमा काम गरेका अर्याल अंग्रेजी अखबार द हिमालयन टाइम्स र उकालो अनलाइनका सम्पादक रहिसकेका छन्। २०७३ सालमा बिबिसी नेपाली सेवा छाडेर पत्रकार रविन्द्र मिश्रले साझा पार्टी स्थापना गर्दा उक्त पार्टीका सात सदस्यीय टिममा अजयभद्र खनालसहित पूर्वसचिव किशोर थापा, इन्जिनियर सूर्यराज आचार्य, , चिकित्सक सरोज धिताल, अधिवक्ताहरू ओमप्रकाश अर्याल र निरूपमा यादव रहेका थिए।
साझा पार्टी स्थापना गर्दा टिममा रहेका अधिवक्ता ओमप्रकाश अर्याल अहिले गृहमन्त्री छन्। गृहमन्त्री अर्यालले नै खनाललाई प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा नियुक्ति गर्न सुझाएको स्रोतले जनाएको छ।
अजयभद्र खनाल पछिल्लो समय राजनीतिकसँगै विभिन्न अध्ययन अनुसन्धानमा संलग्न थिए।
उनी पछिल्लो समय पूर्वराजदूत विजयकान्त कर्ण नेतृत्वको सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सिइएसआइफ) मा अनुसन्धान सल्लाहकारका रूपमा कार्यरत थिए।
उक्त संस्थाले भूराजनीतिक विषयलाई केन्द्रित गरेर विभिन्न अध्ययन गर्दै आएको छ।
संस्थाको वेबसाइटमा उपलब्ध प्रकाशनको सूचीअनुसार नेपालका विभिन्न क्षेत्रमा चिनियाँ संलग्नताको विषयमा धेरै अध्ययन गरेको देखिन्छ।
नेपालका पूर्वाधारमा चिनियाँ संलग्नता, नेपालको नागरिक संस्थामा चिनियाँको गैरसरकारी संस्था र सफ्टपावर, आर्टिफिसियल इन्टेलिजेन्स र कूटनीतिm नेपालको एआई कूटनीति, उत्तरतर्फको रोकिएको बाटो, नेपालमा बिआरआईको अध्ययन, नेपाली मिडियामा चिनियाँ प्रभाव, नेपालको सीमा क्षेत्रमा साना लगानीका वैदेशिक सहयता लगायत विषयमा संस्थाले अध्ययन गरेको छ।
पुख्यौली थलो तनहुँ भएपनि खनाल लामो समयदेखि काठमाण्डौमा बसोवास गर्दै आईरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?