उज्यालो नेपाल पार्टीसँग आफ्नो सम्बन्ध नरहेको कुलमानको प्रष्टिकरण

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । उर्जा,भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल नामक पार्टीसँग आफ्नो कुनै सम्बन्ध नरहेको र त्यस पार्टीका अध्यक्षलगायत कोहीसँग पनि छलफल नभएको प्रष्ट पारेका छन्।
निर्वाचन आयोगमा दर्ताका लागि पेश भएको उज्यालो नेपाल पार्टीका अध्यक्ष ज्ञान तामाङले आफूहरु कुलमान घिसिङसँग पनि वार्तामा रहेको र एउटै पार्टी बन्ने दावी गरिरहेका बेला घिसिङले खण्डन गरेका हुन् ।
कुलमानले वक्तव्यमार्फत आफू उक्त पार्टीमा आबद्ध रहनेबारे कुनै किसिमको छलफल नभएको र प्रचार गरिएजस्तो जुम बैठकमा आफ्नो सहभागिता नरहने समेत प्रष्ट पारेका छन् ।

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?