जेनजी आन्दोलनका भाइरल युवा आमाको हत्या अभियोगमा पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

तस्बिर स्रोत- अनुप सिटौला

काठमाडौं । जेनजी आन्दोलनको अग्रभागमा रहेर प्रहरीसँग विवाद गरेका एकजना भाइरल युवा आफूलाई जन्म दिने आमाको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका २७ वर्षीय यमबहादुर कँडेल जिरेले ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन् ।
यमबहादुरले आइतबार राति धारिलो हतियारबाट आमाको हत्या गरेको अनुसन्धानका क्रममा पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले बताए ।
प्रहरीले घटनास्थलबाट हतियारसहित यमबहादुर कँडेललाई नियन्त्रणमा लिएको थियो । यो घटनाले गाउँ नै स्तब्ध छ ।
यमबहादुर भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका भिडिओहरूमा निकै भाइरल भएका थिए । ‘मेरो आँखामा डर छ रु ल हेर्नुस् म डराएको छु ? म मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिन’ जस्ता डाइलग भिडिओमा बोलेका तीनै युवाले आमाको हत्या गरेर सिङ्गै गाउँलाई रुवाएका छन् ।

उनले आन्दोलनका दिन सुरक्षाकर्मीसँग यस्तो भनेका थिए
‘महिनामा एक लाखसम्म कमाउने युवा हो तर मलाई कहिलै पनि चैनको निद्रा लाग्दैन । सर मेरो आँखामा डर छ ? म बोलिराछु जान्न । ठोक्नुस् न मेरो छातीमा गोली ठोक्नुस् । मैले भनिराछु त मेरो आँखामा डर छ ? एक इन्च डर छ मेरो आँखामा ? डर छ सर ? (पटक(पटक दोहोर्‍याए ।) म वान म्यान आर्मी हो । भारतीय र अमेरिकी पुजीँवाद दलाल र यो देशका दलालसँग एक्लै लड्न सक्ने क्यापिसीटी छ मसँग। त्यसैले तपाँइहरू पनि बेलैमा जनताका लागि सोच्नुस् । तपाईँहरुको आफ्ना आमाबुबा र देशको बारेमा सोच्नुस् । ठोक्ने भए गोली ठोक्नू । मार्ने भए मार्नू आनन्द त आउँछ । देशको बारेमा सोच्नै परेन । मेरो आत्मा भगवानले लानु हुन्छ । जिउँदो भए त देशको चिन्ता र तपाईँको आत्माले गर्दा सुत्नै सक्दैन ।’
नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?