बालेन र सुदनविरुद्ध अखिलको जाहेरीबारे प्रहरीले २४ घण्टापछि जवाफ दिने

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको जाहेरीबारे नेपाल प्रहरीले २४ घण्टापछि जवाफ दिने भएको छ ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन पुगेको थियो ।
स्रोतका अनुसार प्रहरीले उक्त जाहेरी फोटोकपी मात्रै गरेर राखेको छ । ‘२४ घण्टाभित्र अध्ययन गरेर दर्ता गर्ने वा नगर्ने, नगर्ने भए किन नगर्ने भन्ने जवाफ दिन्छौं भन्नुभएको छ,’ परिसर पुगेका अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले बताए

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?