काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
कांग्रेसका एक पदाधिकारीले सभापति देउवाले बैठक बोलाएको जानकारी गराए । बैठक बोलाइएको स्थान भने उनले खुलाउन चाहेनन् ।
२६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा बारे छलफल हुने ती पदाधिकारीले जानकारी गराए ।
दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन ९भदौ २४० देउवा र उनको पत्नि आरजु राणा देउवा माथि कुटपिट भएको थियो ।
सेनाको सुरक्षामा देउवा दम्पत्तिले उपचार गराएका थिए । उपचारपछि फर्केर देउवा दम्पत्ति बसेको स्थान हालसम्म जानकारी गराइएको छैन ।








