अखिलले बालेन–सुधनविरुद्ध अर्को जाहेरी दियो, आयोगमा पठाउने प्रहरीको तयारी

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध आज अर्को जाहेरी दिएको छ ।
हिजो दिएको जाहेरीमा केरमेट गरिएको भन्दै प्रहरीले त्यसलाई अघि नबढाएपछि आज सच्याएर अर्को बुझाइएको हो ।
प्रहरीका अनुसार यो जाहेरीमा भने केरमेट छैन । जाहेरीलाई भदौ २३ र २४ गतेको घटनाबारे अध्ययन गर्न बनेको जाँचबुझ आयोगमा पठाइने काठमाडौं प्रहरी परिसरले बतायो ।
परिसरमा अभियन्ता युवराज सफलले पनि बालेन र सुधनविरुद्ध जाहेरी दिएका छन् । यस्तै, तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध पनि जाहेरी परेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?