पदयात्रा गर्ने क्रममा लेक लागेर गोरखामा २३ बर्षिय रोहन प्रजापतिको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

गोरखा। लार्केपास पदयात्रा गर्ने क्रममा लेक लागेर एक युवकको ज्यान गएको छ ।
भक्तपुरको मध्यपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको बिहीबार दिउँसो लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रजापति र उनका केही साथीहरु मनास्लु पदमार्ग हुदै लार्के पासका लागि बिहीबार उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ धर्मशाला पुगेका थिए। त्यहाँबाट करिब पाँच घण्टाको पैदल हिडेर लार्के पास गर्ने क्रममा प्रजापतिको लेक लागेर ज्यान गएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए।
‘उनीसँग अन्य चार जना साथीहरु पनि गएका रहेछन्,’ उनले भने, ‘माथि पुगिसकेकाले फर्केर तल झर्न समस्या हुने भएपछि पोर्टरहरुको सल्लाह अनुसार अन्य साथीहरू भने लार्के पास गरेर मनाङतर्फ झरेछन्।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?